....पुरै अंश
A Drunkard's Tale
gufgaf.com, Saturday, June 20, 2009Pankaj Karna
Austin, TX USA
A Drunkard's Tale
and drink and drink all night
then i come out to think
and on me, the stars light
they see how i am here
in these filthy lanes
and blink everytime i stare
with eyes full of complains
they say my mom sees
that i am lost and gone
she sits on her knees
and asks 'how's my son?'
if you see her next time
comfort her o' lords
show her your brightest shine
and tell her my words:
mamu,
i shine like these stars
and smile like the moon
let me cross these bars
and i'll come back soon :)
के अमेरिका जानैपर्ने हो र ?
gufgaf.com, Monday, June 15, 2009....पुरै अंश
बढ्दै राजनैतिक सचेतना
gufgaf.com, Thursday, June 11, 2009
“माओवादी सरकारबाट ढलेको हो ?”
काठमाण्डौ विश्वविद्यालयको ओरालो झर्दै गर्दा लामो कपाल भएको अनि राजनीतिका बारेमा सुन्नै नचाहने साथी अमृतले सोध्यो । मैले वास्तविकता बताइदिएँ अनि कुरो बुझेजस्तो गर्यो ।
केहि समुअगाडि स्ववियु चुनावको बेला उसले त्यस्तै प्रश्न सोधेको थियो । “क्याम्पसको चुनाव माओवादीले जितेको हो ?” अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी)ले जितेका क्याम्पस संख्या बताइदिएपछि फेरि अर्को प्रश्न सोध्यो, “यो क्रान्तिकारी भनेको एमाले हो ?” ३ विद्यार्थी संगठनको बारेका धेरथोर बुझाइदिएपछि उसले थप प्रश्न गरेन ।
यो मेरा साथीको रूचि सङ्गीत र वैज्ञानिक आविस्कार हो । को प्रधानमन्त्री हुन्छ, को राष्ट्रपति हुन्छ खासै चासो राख्दैन । आफ्नै दुनियाँमा मस्त छ अनि आफ्नै दुनियाँमा हराएको हुन्छ । अझ मलाई पनि राजनीतिको बारेमा चासो राख्दा बरू पढ् न के समय खेर फाल्छस् भनेर सम्झाउँथ्यो । तर एक्कासि राजनीतिका ट्वाक्क परेका प्रश्न सोध्दा मलाई अचम्म लाग्यो ।
आफ्नो फेसबुक प्रोफाइलमा जहिल्यै पनि कि ब्याण्डको कि मोबाइलको कुरा राख्ने।
उसको अस्तिको फेसबुक स्टेटसले पनि मलाई आश्चर्यचकित बनायो । गणतन्त्र दिवसको दिन उसले ‘गणतन्त्रको एक वर्षमा के पायौँ हामीले ? यी नेता सधैँ कुर्सीकै लागि मात्रै कुदिरन्छन् ! के हामीले खोजेको गणतन्त्र यहि हो त ?” भनेर लेखेको पाएँ । केटोलाई चासो बढ्न थालेछ जस्तो लाग्यो ।
मेरो साथी अमृत एउटा प्रतिनिधि पात्र हो । उसका जस्तै जिज्ञासाहरू दिनदिनै सुनिन्छ राजनीतिका लागि नयाँ अनुहारहरूबाट । काठमाण्डौ विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरू धेरैजसो राजनीतिमा रूचि राख्दैन थिए केहि अघिसम्म । तर पछिल्लो स्ववियु निर्वाचन, पत्रिकामा ठूलाठूला अक्षरमा जहिल्यै नेताका कुकार्य मात्रै छापिन थालेपछि अनि विश्वविद्यालयमा पनि विभिन्न संगठनको चलखेल बढ्दै गएपछि अहिले राजनीतिमा चासो राख्नेछ साथीहरूको संख्या दिनानुदिन बढ्दै छ । बाहिर चलेको हल्लाको भरमा राजनीतिक पार्टीको उचाइ नाप्दै हुन्छन् साथीहरू अनि नेताको कार्यशैलीका आधारमा देश कता मोडिन्छ भनेर पनि आँकलन गर्दै हुन्छन् । पत्रिकामा निस्किएका लेख नपढे पनि समाचारको शीर्षक पक्कै पढ्छन् ।
देशका ड्राइभर नेताहरूले देशलाई अगाडि हाँक्नुको सट्टा पछाडि सार्न थालेपछि देशको दिशा कतातिर हुने हो भनेर धेरैमा राजनीतिमा चासो बढ्दै छ । अझ हप्तैपिच्छे हुने गरेका बन्दले गरेर पनि धेरैले बुझ्ने मौका पाएका छन् । एकदिन बन्द भयो भने ‘आहा !! पढाइ नहुने भयो’ भनेर खुसी हुने साथीहरू अचेल कसले बन्द गरेछ ? के माग रहेछ ? कति दिन बन्द हुनेभयो ? लगायतका प्रश्नहरू सोध्ने गर्छन् अनि आफ्नो धारणा पनि बुझेसम्म पेश गर्छन् । केहि अगाडिसम्म पढाइका मात्रै कुरा गर्नेहरू आफूले पढेको ठाउँमा व्याप्त समस्याहरूलाई पनि देशको समस्यासँग दाँज्दै राजनैतिक समाधानका बारेमा सोच्न थालेका छन् । देशमा व्याप्त अवसरवादको राजनीतिलाई आफ्नो ठाउँमा स्थापित नगराई उपलब्धिमुलक राजनीतिका लागि आवाजहरू एकजुट भएर उठ्न थालेका छन् । केहि अघिसम्म राजनीति सुन्न नचाहनेहरू अहिले सकरात्मक र व्युत्पादक राजनीतिको पक्षमा उभिएका छन् ।
ठूलाबडाले गर्ने गरेको फोहोरी राजनीतिका कारण अव देश हामीले बनाउनुपर्छ भनेर युवामा भावना बढ्दै गएको छ । पढेपछि आफ्ना लागि भइहालो नि भनेर सोच्नेहरूको संख्या कम हुँदै गएको छ । पढेर देशमा कस्तो काम पाईन्छ भनेर देश बुझ्नतिर पनि लाग्दै छन् साथीहरू । प्राय: पढाइ सकेर विदेश भासिने सोच राखेकाहरू देशमै खुल्न लागेका ठूला हाइड्रोपावर र अन्य संरचनाका कारण उत्साहित भएर देशमै बस्ने सोच बनाउँदैछन् । सबैको संचालनसाँचो राजनीतिसँग हुन्छ भनेर पनि साथीहरू राजनीतितर्फ आकर्षित बन्दै गएका छन् । तर मुख्य कारण चाहिँ अवसरवादी राजनीतिको सस्तो प्रचार र मिडियाको उपस्थीतिको कारण भएको हो । जे होस् सबै कुराको सकरात्मक र नकरात्मक पाटो हुन्छ भनेझैँ यो गलत राजनीतिले युवाहरूमा देशप्रति सोच्न सिकाएको छ र राजनीतिका कलङ्कहरूलाई केलाउँदै यसका माध्यमबाट गर्न सकिने उपयोगी र विकासका कामका लागि सोच्न थालेका छन् अहिलेका युवाले । आशा गरौँ शिक्षित र मर्यादित युवाको देश चलाउने पालो आएपछि साँच्चै राजनीतिले देशमा नयाँ परिभाषा पाउनेछ ।
....पुरै अंश
'ऊ' गर्ने कि 'ऊ' गर्ने
gufgaf.com, Monday, June 08, 2009(कान्तिपुर पब्लिकेशनको साप्ताहिक प्रकाशन 'नेपाल'को पछिल्लो अंकमा रहेको भरत भुर्तेलज्यूको यो लेख मलाई साह्रै मनपर्यो । हुन त तपाईँहरूले पढिसक्नुभयो होला त्यहिपनि पढ्न छुटाउनुभएकाहरूलाई सजिलो होस् भनेर यो लेख राखेको छु । प्रकाशन का लागि अनुमति माग्न नसकेकोमा भरत भुर्तेलज्यूसँग माफी चाहन्छु ।)
************************************************************
"तपाईंले ऊ गर्ने भनेको हो ?" सुशीलजीले भन्नुभो, "तपाईं ऊ गर्ने हो भने म पनि ऊ गर्छु ।"
"के गर्छस् ?" गिरजिाप्रसादजीले सोध्नुभो, "भन् के गर्छस् ?"
"राजीनामा गर्छु ।" सुशीलजीले आफ्नो रोडम्याप प्रस्ट पार्नुभो, "तपाईँ सेरेमोनियल भएर हस्तक्षेप गर्न पाउनुहुन्न ।"
"कसले भन्यो म सेरेमोनियल ?" गिरजिाप्रसादले सोध्नुभो, "म सेरेमोनियल हुनै सक्तिनँ ।"
"म कार्यवाहक भएपछि ।" सुशीलजीले भन्नुभो, "तपाईँ सेरेमोनियल हुनुभएन ?" थप्नुभो, "भइहाल्नुभो नि !"
"मैले गर्नुपर्ने गर्न पाउनुपर्छ ।" गिरजिाप्रसादले सोध्नुभो, "नत्र म के गर्ने ?"
"तपाईँले गर्ने हो भने नागरकि सर्वोच्चता हुँदैन ।" सुशीलजीले भन्नुभो, "सैनिक सर्वोच्चता हुन्छ ।"
"कसले भनेको ?" गिरजिाप्रसाद दिग्दार हुनुभो, "यस् ता कुरा कसले सिकायो ?"
"अस्ति राजीनामा दिनेले ।" सुशीलजीले भन्नुभो, "सेरेमोनियलले हस्तक्षेप गरेपछि कार्यकारीले राजीनामा गर्नुपर्छ ।"
"त्यसो भए गर् ।" गिरजिाप्रसादले भन्नुभो, "तँ आफ्नो काम गर्, म आफ्नो काम गर्छु । "
"के काम गर्नुहुन्छ ?" सुशीलजीले सोध्नुभो, "म कार्यवाहक भइसकेपछि तपाईंको के काम बाँकी छ ?"
"सुजातालाई कि मन्त्री बनाउने कि पार्टीको महामन्त्री । " गिरजिाप्रसादले भन्नुभो, "अरू काम म गर्दिनँ । "
"किन बनाउनुपर्यो सुजातालाई ?" सुशीलजी सोध्नुभो, "पार्टीमा ऊभन्दा योग्य अरू छैनन् ।"
"छैनन् ।" गिरजिाप्रसादले सोध्नुभो, "भन् त को छन् ?"
"धेरै छन् ।" सुशीलजीले भन्नुभो, "ऊ को हो र ?"
"मेरी छोरी हो ।" गिरजिाप्रसादले भन्नुभो, "ईश्वरको वरदान, एक मात्र सन्तान ।"
"अरूचाहिँ तपाईंका होइनन् ?" सुशीलजीले सोध्नुभो, "शेखर होइन ?"
"ऊ कोशु दाजुको छोरा हो ।" गिरजिाप्रसादले भन्नुभो, "मेरो होइन ।"
"शशांक होइन ?" सुशीलजीले भन्नुभो, "ऊ पनि त तपाईंकै हो ।"
"ऊ सान्दाजुको छोरा हो ।" गिरजिाप्रसादले भन्नुभो, "मेरी आफ्नैचाहिँ सुजाता मात्रै हो ।"
सुशीलजी केहीबेर मौन रहनुभयो ।
"उसलाई कस्तो मन पराउँछन् ?" गिरजिाप्रसादले भन्नुभो, "तँलाई थाहै छैन ।"
"कसले मन परायो ?" सुशीलजीले भन्नुभो, "त्यसलाई मन पराउने को होलान् ?"
"माधवजी ।" गिरजिाप्रसादले भन्नुभो, "उनले सुजातालाई नै पठाइदिनोस् भनेका छन् ।"
"मन्त्री बनाउने पार्टीले हो," सुशीलजीले भन्नुभो, "माधवले होइन ।"
"शेरबहादुरले पनि सुजाता भनेका छन् । " गिरजिाप्रसादले भन्नुभो, "उनले पनि मन पराउँछन् ।"
"आरजुलाई पनि बनाउनु भनेनन् ?" सुशीलजीले व्यंग्य गर्नुभो, "सुजाता गएपछि आरजुलाई पठाउन सजिलो हुने होला ।"
"मन्त्री बनाउनु भनेका छैनन् ।" गिरजिाप्रसादले भन्नुभो, "राज्यमन्त्री बनाइदिए हुन्छ भनेका छन् ।"
"यसो गर्न मिल्दैन ।" सुशीलजीले भन्नुभो, "पार्टी बदनाम हुन्छ ।"
"किन मिल्दैन ?" गिरजिाप्रसादले भन्नुभो, "सबैले आफ्ना सन्तानलाई अघि बढाएका छन् ।"
"कसले बढायो ?" सुशीलजीले भन्नुभो, "पार्टीलाई पो अगाडि बढाउनुपर्छ ।"
"गणेशमानजीले प्रकाशमानलाई ।" गिरजिाप्रसादले भन्नुभो, "निधिजीले विमलेन्द्रलाई अघि बढाएको होइन ?"
"उनीहरू जेल गए ।" सुशीलजीले सोध्नुभो, "सुजाता कहाँ गई ?"
"ऊ जर्मनी गई ।" गिरजिाप्रसादले भन्नुभो, "उतै बसी ।"
"किन बसी ?" सुशीलजीले सोध्नुभो, "त्यसलाई कसले जर्मनी जानु भनेको थियो ?"
"मैले ।" गिरजिाप्रसादले भन्नुभो, "उसलाई त्यहीँ बसेर काम गर् भनेको थिएँ ।"
"के काम गरी !" सुशीलजीले भन्नुभो, "कामबारे बताउनुपर्दैन ।"
"विदेशीसँग सम्बन्ध बढाई ।" गिरजिाप्रसादले भन्नुभो, "नेपालमा प्रजातन्त्र चाहिन्छ भनेर कन्भिन्स गरी ।"
"कसलाई गरी ?" सुशीलजीले भन्नुभो, "मलाईचाहिँ थाहा छैन ।"
"नोवर्ट जोस्टलाई ।" गिरजिाप्रसादले भन्नुभो, "उसलाई कन्भिन्स गर्न बिहे नै गरी ।"
"बिहे गरेपछि छोराछोरी पनि पाई होली । " सुशीलजीले दोस्रोपटक व्यंग्य गर्नुभो, "होइन त ?"
"हो ।" गिरजिाप्रसादले भन्नुभो, "उसले छोराछोरी पाइदिएपछि बल्ल विदेशी कन्भिन्स भयो । थप्नुभो, "त्यसपछि नेपालमा डेमोक्रेसी आयो, डेमोक्रेसी आउनासाथ ऊ पनि फर्केर आई ।"
"हामीले चाहिँ केही गरेनौँ ?" सुशीलजीले चित्त दुखाउनुभो, "हामीले जेलनेल, निर्वासन खपेको केही भएन ।"
"भयो ।" गिरजिाप्रसादले भन्नुभो, "त्यही भएर कार्यवाहक पाइस् ।"
"सबै कुरा ठीक छ ।" सुशीलजीले भन्नुभो, "सुजातालाई मन्त्री बनाउनु ठीक छैन ।"
"किन ठीक छैन ?" गिरजिाप्रसाद झर्किनुभो, "त्यसले मन्त्री हुन किन नहुने ?"
"किनभने, सबै उसको विरोधमा छन् ।" सुशीलजीले भन्नुभो, "कसैको समर्थन छैन ।"
"को छ विरोधमा ?" गिरजिाप्रसादले सोध्नुभो, "उसको विरोध कसले गर्यो ?"
"शेखरले ।" सुशीलजीले बताउनुभो, "शशांकले ।" उनीहरू भन्छन्, "चुनाव जित्ने हामी, मन्त्री खाने सुजाता ।"
"चुनाव हार्ने प्रधानमन्त्री भए । " गिरजिाप्रसादले आर्तनाद गर्नुभो, "चुनाव हारेकी सुजाता किन नहुने ?"
"सुशीलजी केही बोल्नुभएन ।" गिरजिाप्रसाद पनि मौन हुनुहुन्थ्यो । छोटो अन्तरालपछि सुशीलजीले सोध्नुभो, "ल भन्नोस्, ऊ गर्ने कि ऊ गर्ने ?" गिरजिाप्रसादले भन्नुभो, "सुजातासँग सोध्ने, उसले जे भन्छे, त्यही गर्ने ।"
....पुरै अंश







