गजल ः जिउन खोजे ठिटा नजर आयो

बल्ल प्रिय मिठा नजर आयो
जिउन खोजे ठिटा नजर आयो ।।

मर्नु निश्चय छ,जिन्दगी दाजै
मात धेरै लिदा नजर आयो ।।

दैब तिम्रो कहाँ छ स्थायी घर
मात्र मन्दिर शिला नजर आयो ।।

प्रेम निर्भर रकम कहाँ रैछ
जान्छु साथी भिसा नजर आयो ।।

You might also like

Comments

Loading...