प्रकट पंगेनी शिवको एक गजल

तप्प तप्प जलबिन्दु चुहाएर के निस्कियौ
स्नीग्ध कञ्चन कोमल आहा ।। नुहाएर के निस्कियौ ।

भाग्यमानी रैछ साबुन फिँजैफिज भै बरालियो
जुन साबुनलाई अंग अंग छुवाएर के निस्कियौ ।

पानी पनि आगो बन्छ कामदेवको आशिष पाउँदा
जुन पानीमा यस्तो रुप डुबाएर के निस्कियौ ।

घामको कुरा नगरौँ भो टाँसियो घाम त्यै लुगामा
जुन लुगालाई भर्खर तिम्ले सुकाएर के निस्कियौ ।

त्यही गाँठोमा गाँठो पार ‘प्रकट’ लाई ओ रुपसी ।
जुन गाँठोमा कोमल अंग लुकाएर के निस्कियौ ।

You might also like

Comments

Loading...