प्रकट पंगेनी शिवको सलाम

पहिलो सलाम साँझपछि आउने रातलाई
दोश्रो सलाम साँझलाई मीठो पार्ने मातलाई ।

भर्दै गिलास ल्याउने चटट् तातो पिरो सितन
तेश्रो सलाम छिन्छिन् चुरा बज्ने हातलाई ।

चौँथो सलाम नजरलाई पाँचौ अधरलाई
छैटौँ सलाम मख्ख पार्ने यौवनको जातलाई ।

सातौँ सलाम बिजुलीलाई झ्याप्प निभ्ने कस्तो
आठौँ सलाम अध्यारोमा हुने बातलाई ।

बाहिर पानी परेको छ कहाँ जाने अब ?
नवौँ, दशाँै सबै सलाम मीठो वर्षातलाई ।

You might also like

Comments

Loading...