गजल प्रकट पंगेनी ‘शिव’को साँझपख

उठ्यो रिमाई फेवातालमा छाल साँझपख
हान्यो रिमाई माझीदाइले जाल साँझपख ।

त्यही जालमा जेलिएर निस्किन् मत्स्यगंधा
भेटँे रिमाई जालभित्र ‘माल’ साँझपख ।

के हेरेथिन् एकै नजर लाग्यो मनमा बाँण
भन्नुहोला म त रिमाई बेहाल साँझपख ।

बान्की उन्को– हिसी उन्को–रुपै उन्को देख्दा
सत्य रिमाई निको थेन चाल साँझपख ।

हात माग्दा हात दिइन् चुप्पा माग्दा चुप्पा
कामाग्निले जल्यो रिमाई ताल साँझपख ।

You might also like

Comments

Loading...