प्रिमियरमै जात्राको वाह वाही , दर्शकको आउन सक्छ बाढी

डार्क कमेडि जनरामा बनेको चलचित्र ‘जात्रा’ले प्रिमियरबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ । चलचित्र हेरिसकेपछि हास्यकलाकार जीतु नेपालले सामाजिक सञ्जालमा चलचित्रको तारिफ गर्दै हलमा जात्रा हेर्दा सानोतिनो रोग निको हुने कुरा उल्लेख गरेका छन् ।

Jitu nepal

यस्तै संगितकार कालिप्रसाद बास्कोटाले जात्रा चलचित्र उत्कृष्ट बनेकोमा जात्रा टिमलाई बधाई दिदै हिन्दी सिनेमा अलि पछि हेर्ने पनि बताए । kaliprasad baskota

साहित्यकार अमर न्यौपानेले पनि चलचित्र जात्राको खुलेरै प्रशंशा गरेका छन् । सामाजिक सञ्जालमा जात्रा हेरे पछि उनले लेखेका छन् ः मान्छेले कागजलाई पैसा बनायो , पैसाले मान्छेलाई कागज बनायो ।

amar neupane

विभिन्न क्षेत्रका व्यक्तित्वहरुको जमघटमा जय नेपाल हलमा गरिएको प्रिमियरमा चलचित्रले ‘हजार समाउ लाख कमाउ’ अन्र्तगतको खेलका विजेताहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो । चलचित्र हेरिसकेपछि पाएको प्रतिक्रियाबाट आफू एकदम उत्साहित भएको निर्देशक प्रदीप भट्टराईले बताए । चलचित्र ‘जात्रा’ हेर्न चाहानु हुने दर्शकहरुका लागि अग्रिम टिकट बुकिङको लागि बुकिङ खुल्ला पनि गरिसकिएको बताएका छन् ।

(हेर्नुहोस जात्रा प्रिमियरको फोटो फिचर)

1

2

3

22

33

111

222

33333

111111111

11111111111

You might also like

Comments

Loading...