भाग्य मानी रैछ सत्ये ऐना मैँसापको

कति मीठो नाम रैछ ‘रैना’ मैँसापको
रैना रैना जपी राख्छ मैना मैँसापको ।

फिका लागे अरु सबै यस्तो रुप देख्दा
नीलो गहिरो सागर जस्तै नैना मँैसापको ।

दूधैदूधले धोए जस्तै कल्कलाउँदो मुहार
थुप्रै होलान् बस्तुभाउ लैना मैँसापको ।

राजीनामा पास गर्थेँ औँठा छाप लगाई
मेरै नाममा परे धर्म बैना मँैसापको ।

एकान्तमा देख्न पाउँछ यस्तो रुप रंग
भाग्यमानी रै छ सत्ये ऐना मैँसापको ।

You might also like

Comments

Loading...