देउ बरु यो सरकार छिमेकीकै जिम्मा —गजल — अम्बिका प्रसाद बन्जारा

उद्योग अनि ब्यापार छिमेकीकै जिम्मा ।
रोजगारीको आधार छिमेकीकै जिम्मा ।।

लोडसेडिङ हटाउने रे नेताजीले अब
लगाएर जल भण्डार छिमेकीकै जिम्मा ।

ताला लगाई थुनिदिए गोर्खाली सेनालाई
मिच्न सीमा तारबार छिमेकीकै जिम्मा ।

यसरी नै साहारा र इसारामा चल्ने भए
देउ बरु यो सरकार छिमेकीकै जिम्मा ।

You might also like

Comments

Loading...