प्रकट पंगेनी शिवको दुई हातको बरियोले कस्दाखेरि कस्तो लाग्यो ?

फूल जस्तो मेरो काखमा कस्दाखेरि कस्तो लाग्यो ?
दुई हातको बरियोले कस्दाखेरि कस्तो लाग्यो ?

आँगनीमा जुनकिरीको रासलीला देखेपछि
दैलो खोली मझेरीमा पस्दाखेरि कस्तो लाग्यो ?

हिजो अस्ती भीरमा खस्यौ—पीरमा खस्यौ—तीरमा खस्यौ
आज मेरो अंगालोमा खस्दाखेरि कस्तो लाग्यो ?

मस्त —मस्त लोलाएका नजरहरु बोल्दै गर्दा
यी अधरले ती अधरलाई डस्दाखेरि कस्तो लाग्यो ?

ओ मेनका ! ओ उर्वशी !! तिलोत्तमा ! सुनकेशरी !!
तिम्रै प्रशस्तीको चिल्लो घस्दाखेरि कस्तो लाग्यो ?

You might also like

Comments

Loading...