नेपाली टाइगर श्राफ आर्यन र प्रियङ्काको रोमान्स हेर्न पाउने

आकाश अधिकारीका भतिजा आर्यन अधिकारीले ‘बटरफ्लाई ’ चलचित्रमा प्रियङ्का कार्कीसंग स्क्रिन शेयर गर्ने भएका छन् ।  यस अघि आकाश अधिकारीले निर्माण गरेको ‘के म तिम्रो होइन र’ बाट डेब्यू गरेका आर्यनले दोस्रो सिनेमामै प्रियङ्का संग रोमान्स गर्ने भएका हुन् । सन्तोष अधिकारीको निर्माण तथा प्रतिक गुरुङको निर्देशन रहने ‘बटरफ्लाई ’मा अभिनेता अर्पण थापाको पनि मुख्य भुमिका रहने छ ।

अमेरिकामा चलचित्र विषयमा अध्ययन् सकेर आएका आर्यनको पहिलो चलचित्रले औसत व्यापार गरेको थियो भने धेरैले उनलाई बलिउड कलाकार टाइगर श्राफ भनेर उपनाम दिए । उनी अहिले चलचित्रको तयारीमा लागि रहेका छन् । प्रेम कथामा आधारित ‘बटरफ्लाई ’ चलचित्रको यही वर्षदेखि छायाँकन हुनेछ । 

You might also like

Comments

Loading...