रातो चेक शर्टमा कति राम्रा वर्षा र पुष्पल ! (भिडियोसहित)

सुवास जे खरेलले रातो चेक शर्ट बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतमा नायिका वर्षा राउत र अभिनेता पुष्पल खड्कालाई फिचरिङ गरिएको छ । ‘रातो चेकशर्ट’ बोलको गीत गत मंगलबार युट्युव मार्फत सार्वजनिक गरिएको हो । गीतले रातो चेक शर्ट लगाउँदा देखिने सुन्दरतालाई बयान गरेको छ ।

गायनमा गायक सुवासलाई अहिलेकी चर्चित गायिका मेलिना राईले साथ दिएकी छिन् । गायक खरेलले यसअघि ‘यु एण्ड मि’ बोलको गीत सार्वजनिक गरेका थिए ।

यस गीतमा गायक खरेल स्यवमको शब्द र संगीत रहेको छ । उदयराज पौडेलको एरेञ्ज र गणेश चौधरीको रेकर्डिङ रहेको यस गीतको भिडियोक कोरियोग्राफर दीपेन्द्र शाही ठकुरी हुन् भने निर्देशक हरि हुमागाई हुन् ।

You might also like

Comments

Loading...