दर्शकको चापले ‘सर्वनाम’मा ‘बुख्याचा मन’को समय थप

सर्वनाम थियटरमा चलिरहेको ‘बुख्याचा मन’ एक साता थपिएको छ । २५ औं मञ्चनमा बिट मार्ने भनिएको नाटक ‘बुख्याचा मन’ लाई दर्शकले मन पराएका कारण समय थप गरिएको हो । शनिबार साँझ ५ बजेको को शो पश्चात नाटक मञ्चनको समय थप गरिएको जानकारी निर्देशक राज शाहले दिएका छन् । दर्शकहरुले अत्यधिक मन पराएको नाटक ‘बुख्याचा मन’ राजधानीमा पछिल्लो समय चर्चित नाटकमा पर्छ । जातिय विभेदमा मानवियताको उठान गरिएको नाटक हेर्नको लागि दर्शकहरुको अत्यधिक चाप र मागका कारण मिती थप्नु परेको निर्देशकले जानकराी दिए ।

सर्वनामको प्रस्तुति रहेको यो नाटकलाई राज शाहले लेखन तथा निर्देशन गरेका हुन् भने नाटकमा आदित्य शर्मा, आरोही शर्मा, शुदर्सन अर्याल, प्रकाश के.सी, शर्मीला नगरकोटी, सुजिता अधिकारी, सुजन पौडेल (लौरो), नविन चन्द्र अर्याल, विवेक आर्चाय, सुशिल गैह्रे, सगुन तामांग, नितान्त ढकाल, रोशन अर्याल, बिनोद खत्री, पंकज पौडेल, रिनेक्स बस्नेत र राज शाहको समेत अभिनय रहेको छ । नाटकको यहि चैत्र १९ गते सम्म बिहिबार बाहेक हरेकदिन बेलुका ५ बजे र शनिबार १ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।

You might also like

Comments

Loading...