विदेशमा पनि लाग्ने भयो ‘जात्रा’

नेपाली चलचित्र उद्योगमा राम्रो व्यापार गर्न सफल र दर्शकले रुचाएको नेपाली चलचित्र ‘‘जात्रा’’ अब विदेशमा पनि प्रदर्शन हुने भएको छ । कमेडि जनरामा बनेको ‘‘जात्रा’’ नेपाली दर्शकले अत्याधिक रुचाएको चलचित्र हो । दर्शकहरुकै माग अनुसार ‘‘जात्रा’’ अब दुवई ,कतार र ओमनमा प्रदर्शन हुने तयारीमा छ । विदेशमा रहेका दर्शकहरुले पनि चलचित्रको माग गरेका कारण विदेशमा देखाउन लागिएको निर्देशक प्रदीप भट्टराईले जानकारी दिए । चलचित्रको विदेश प्रदर्शनको अधिकार हाइलाइटस् नेपालले लिएको छ । विदेशमा यो चलचित्र चैत्र ३१ अर्थात अप्रिल १३ मा देखाईने छ । रबिन्द्र सिंह बानियाँ र सिंगे लामाको सयुंक्त निर्माण रहेको यस चलचित्रमा रबिन्द्र सिंह बानीया, रबिन्द्र झा,बिपिन कार्की, बर्षा राउत लगायत कलाकारहरुको अभिनय रहेको छ । 

You might also like

Comments

Loading...