‘छक्का पञ्जा २’ को दुईवटा लोकेशन फाईनल, गीतको खोजी जारी

लामो समय देखि ‘छक्का पञ्जा’को सिक्वेलका लोकेशन हन्टिङ गरिरहेको निर्माण टोलीलले दुईवटा लोकेशन फाईनल गरेको छ । बैशाखको दोस्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमाको ६० प्रतिशत शुटिङ काठमाण्डौमा हुनेछ भने ४० प्रतिशत छायांकन काठमाण्डौ बाहिर हुनेछ । अहिलेसम्म सिनेमाको लागि काठमाण्डौ र मकवानपूरको चित्लाङ फाईनल भएको र अन्य लोकेशनहरुका बारेमा छलफल भईरहेको निर्माण पक्षले जानकारी दिएको छ ।

त्यस्तै सिनेमाको लागि अहिलेसम्म दोस्रो गीत पनि फाईनल भएको छैन । हरिवंश आचार्य र आस्था राउतको आवाज रहेको ‘झ्याम्म, झ्याम्म’ बोलको प्रमोशनल गीत फाईनल भएको र दोस्रो गीतको खोजी जारी रहेको जानकारी छ ।
दीपा श्री निरौलाको निर्देशनमा बन्न लागेको यस सिनेमामा दीपक राज गिरी, प्रियंका कार्की, केदार घिमिरे, वर्षा राउत, स्वस्तीमा खड्का, निश्चल बस्नेत, जितु नेपाल, शिवहरी पौड्याल, ज्योत्सना योगी लगायतका कलाकारको अभिनय रहनेछ । सिनेमा असोज ११ मा रिलिज हुनेछ ।

You might also like

Comments

Loading...