Friday, June 13, 2008

साइकल चालकको नांगो प्रदर्शन


मेक्सिको सिटी/ ४० लाख सवारीसाधन गुड्ने मेक्सिकोको राजधानी मेक्सिको सिटीमा साइकल चालकले गाडीको विरोधमा शनिबार नांगो प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले गाडी चालकहरूले साइकल चालकको सम्मान गर्नुपर्ने माग गरेका थिए । प्रदर्शनमा पाँच सयभन्दा बढी साइकल चालक थिए । पुरुष र महिला दुवै सहभागी प्रदर्शनकारीमध्ये आधाजसो नांगै थिए । 'हामी गाडी चालकले देखून् भनेर नांगै साइकलमा हिँडेका हौं ताकि उनीहरूले हामीलाई सडकमा नपेलून्,' नांगा विद्यार्थी अलेजान्द्रो हर्नान्डेज भन्छन्, 'गाडी चालकहरू हाम्रो सम्मान गर्दैनन् । उनीहरू हामीलाई टन्टा ठान्छन् ।' मेक्सिको सिटीमा करिब दुई करोड मानिस रहेका छन् । त्यहाँको वामपन्थी सरकार साइकल प्रयोगलाई बढावा दिँदै छ । सडकमा साइकल लेन बनाउन थालेको छ । तर, यो पर्याप्त छैन जसले गर्दा साइकल चालकहरू सडकमा पुराना बस, ट्रकसँगै पेलिएर हिँड्न बाध्य छन् ।


Post a Comment

0 Comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 
Hast for Allaclick