Wednesday, June 25, 2008

एकजना मात्र जनसंख्या भएको टापु 'स्वतन्त्र’

लन्डन
एउटा फुच्चे टापुका मालिकले त्यो टापु संयुक्त अधिराज्यबाट शनिबार स्वतन्त्र भएको घोषणा गरेका छन् । त्यस टापुको जनसंख्या एकजना मात्र रहेको छ । ती एकजना मालिक आफै मात्रै हुन् । आफ्नो वेबसाइटमा उनले स्वतन्त्रताको घोषणा गरेका हुन् । स्वतन्त्रताको घोषणा गर्ने स्टुआर्ट हिल उत्तरी सागरको अढाई एकड क्षेत्रफल भएको फोर्भिक टापुका मालिक हुन् । उनले सरकार वा युरोपेली संघको प्राधिकारलाई अब आफूले मान्यता नदिने बताएका छन् । शताब्दी पुरानो शाहीदाइजोको सम्झौतालाई उनले घोषणाको आधार बनाएका छन् ।

'फोर्भिक कुनै संयुक्त अधिराज्य सरकार, केन्द्रीय वा स्थानीय सरकारप्रति बफादारी रहनेछैन र कुनै विधानमा बाँधिनेछैन,' उनले वेबसाइटमा लेखेका छन् । ६५ वर्षीय हिल एट्लान्टिक महासागरको छेउ रहेको टापुहरूको समूह सेटल्यान्ड आइल्यान्डस्मा २००१ देखि बस्दै आएका छन् । ब्रिटेनवरिपरि घुम्ने असफल अभियानको दौरान उनको डुंगा पल्टेपछि उनी त्यहाँ रहन थालेका हुन् । उनी फोर्भिक टापुका एकमात्र निवासी हुन् । उनको मात्र त्यहाँ घरको रूपमा पाल रहेको छ । उनले फोर्भिकका लागि आफ्नै मुद्रा निष्काशन गर्ने योजना बनाएका छन् । मुद्राको नाम उनले 'गल्ड' राख्ने भएका छन् । यसैगरी फोर्भिकको छुट्टै हुलाक टिकट र झन्डा बनाउने पनि योजना छ ।

'यहाँ फोर्भिकमा कुनै आयकर, भ्याट, काउन्सिल कर, कर्पोरेसन कर वा ब्रिटिस सरकारले लगाउने गरेका अन्य कुनै कर लगाइनेछैन,' हिल भन्छन् । हिलको दाबीअनुसार पन्ध्रौं शताब्दीमा नर्बेका राजा क्रिस्टियन र स्कटल्यान्डका राजा जेम्स तृतीयबीच सम्झौता भएअनुसार विवाहको दाइजोको साटो सेटल्यान्ड टापु समूह राजा जेम्सलाई दिइएको थियो । 'मेरो ध्येयमा समर्थन जनाउने विश्वका कुनै मुलुकका कुनै पनि नागरिकलाई सरकारमा ढँटुवा, चोरडाकु, अत्याचारी शासकबाट मुक्त फोर्भिकको नागरिक बन्न निम्ता गर्छु,' हिलले भनेका छन् ।


Post a Comment

0 Comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 
Hast for Allaclick