पानी परेपछि कक्षाकोठा पोखरीमा परिणत हुने शिक्षकहरू बताउँछन् । 'बाहिरभन्दा भित्र बढी पानी हुन्छ,' शिक्षिका जनममती रानाले भनिन्, 'पानी परेपछि कक्षाकोठा पोखरी हुने भएकाले विद्यार्थीलाई छुट्टी दिइन्छ ।' कक्षाकोठाभन्दा रूखमुनि पाठनपाठन गर्न सजिलो हुने बताउँदै अर्की शिक्षिका देवकी पनेरूले पानी पर्ने भएपछि छुट्टी गर्नको विकल्प छैन । कक्षा दुईसम्म पढाइ हुने सो प्राविमा ७५ बालबालिका पढ्छन् । समुदायबाट सहयोग जुटाएर सञ्चालित सो विद्यालय तीन वर्षअघि स्थापना भएको हो । विद्यालयलाई अन्य कसैले सहयोग नगरेको गुनासो गर्दै व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद राना भन्छन्, 'समुदायबाट सहयोग जुटाइ जसोतसो चलाइरहेका छौं ।' उनका अनुसार मुक्तकमैया शिविरका ६१ परिवारका बालबालिका सो विद्यालयमा पढ्छन् । विद्यालयलाई जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले पनि कुनै सहयोग गरेको छैन । 'केको सहयोग गर्नु ?' अध्यक्ष रानाले थपे, 'अनुमतिसमेत दिइएको छैन ।' स्वीकृति नभएका कारण एक वर्षसम्म शिवशक्ति निमाविको मताहतमा कक्षा सञ्चालन गरेको पनि उनले बताए ।
मिलन प्राविजस्तै कञ्चनपुरका करिब तीन दर्जनभन्दा बढी प्राथमिक विद्यालयको हविगत यस्तै छ । अन्य मुक्तकमैया शिविरमा स्थापना गरिएका विद्यालयको भवनसमेत छैन । 'साना-साना नानी छन्, स्कुलमा ओत लाग्ने ठाउँ छैन,' कृष्णपुरको बंकस्थित जनउत्थान प्राविका प्रधानाध्यापक नवीनचन्द्र रानाले भने । बनारा मुक्तकमैया शिविरको कक्षा ४ सम्म पढाइ हुने सो विद्यालयलाई पनि जिल्ला शिक्षा कार्यालयले अनुमति दिएको छैन ।
Post a Comment

0 Comments:
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!