पिल्सबरी शहरका अहिलेका मेयर डरेल ब्रुडभोल्डले खेतिकिसानीको समय भएका कारण पूरै शहर काममा लागेका कारण भोट कहिले हाल्ने नै बिर्सिएको समाचारमा बताएका छन् ।
त्यसो त यो शहरमा भोट खसाल्न रुचाउने जनताको निकै नै कमी छ । यसअघिको भोटमा पनि उति धेरै मान्छेहरु आएका थिएनन् । तर यस पटक त अति नै भो । कर्मचारीहरु बिहानदेखि बेलुकीसम्म बस्दा मात्र आधा दर्जन व्यक्तिले मात्र भोट हाले ।
"यो शहरका सबै जसो व्यक्तिहरु रोजगार छन्", मेयर डरेलले भने- "कामै छाडेर भोट खसाल्ने कुरा पनि आएन । त्यसैले पनि भोट नखसेको हुन सक्छ ।" तर ज्यादै कम भोट खसेका कारण पुनः मतदान गर्ने कि खसेको मतका आधारमा नयाँ मेयरको चुनाव गर्ने भन्ने कुरा अहिले त्यहाँ छलफलको विषय बनेको छ ।
यो काउन्सिलको प्रत्येक पटकको निर्वाचनपछि वर्षा पाँच पटक मात्र भेटघाट हुन्छ । व्यक्तिगत नाफा भन्दा पनि नोक्सान ज्यादा हुने हुनाले पनि अन्य व्यक्तिको चासो यसमा उति हुँदैन । काउन्सिलका मेयर र अन्य सदस्यहरुले यस सभाका लागि प्रति वर्ष २५ पाउण्ड तिर्ने गर्छन् र त्यही पैसाले उनीहरुको व्यक्तिगत खर्च गर्ने गरिन्छ ।
Post a Comment

0 Comments:
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!