देश छाड्दिनँ भन्दै पूर्वराजा ज्ञानेन्द्र नारायणहिटीबाट बाहिरिएको दुई सातापछि उनका छोरा पारसले देश छाड्दै छन् । उनी सिल्क एयरको एम ४११ उडानबाट मंगलबार दिउँसो १ बजे सिंगापुर उड्ने तयारीमा छन् ।
पारसले सिंगापुरमा केही दिन होटलमा बसेर घर अथवा फ्ल्याट किन्ने योजना बनाएका छन् । उनको पारिवारिक स्रोतका अनुसार श्रीमती हिमानी, छोरीहरू पूणिर्का र कृतिका तथा छोरा हृदयेन्द्रलाई दुई सातापछि बोलाएका छन् ।
छोराछोरीलाई दुई सातापछि सिंगापुर लग्ने तयारी भए पनि पारसले उनीहरूको स्कुल छुटाइदिएका छन् । उनका छोराछोरी काठमाडौंको रुपिज इन्टरनेसनलमा पढ्दै आएका थिए, तर दुई सातादेखि स्कुल गएका छैनन् ।
पारसले आफ्ना अरू नातेदारलाई पनि सिंगापुर बसाइँ सर्न आग्रह गरेका थिए । तर, उनको आग्रह कसैले पनि मानेनन् र उनीहरूले पारसलाई पनि देश छाड्ने नै भए सिंगापुरको सट्टा अन्तै जान सल्लाह दिएका थिए । 'पारस अझै पनि लागूऔषधको दुव्र्यसनी रहेकाले' सिंगापुरजस्तो सानो र कडा सुरक्षा भएको देशमा समस्या हुने उनीहरूको तर्क थियो ।
राजा भएपछि बाबु २०५८ सालमै नारायणहिटी सरे पनि निर्मलनिवासमै बस्दै आएका पारसले दुई साताअघिसम्म सेनाको सुरक्षा पाएका थिए । राजसंस्था अन्तपछि निर्मलनिवासमा सेनाको संख्या घटाएर प्रहरी पनि पठाइएकाले उनी थप असन्तुष्ट भएका थिए । उनी प्रहरीप्रति पहिलेदेखि नै नकारात्मक रहेको स्रोत बताउँछ ।
सिंगापुरमा नेपाली धेरै भएकाले त्यहाँ दुव्र्यवहार हुन सक्ने चेतावनी पनि नातेदारहरूले दिएका थिए । तर, उनले सिंगापुर बसेरै नेपालमा केही गरेर देखाउँछु भन्ने दाबी गरेका छन् । अहिले देश नछाड्न पारसलाई बाबु ज्ञानेन्द्रले पनि आग्रह गरेका थिए । तर, बाबुकै कारण राजसंस्था समाप्त भएको ठान्ने पारसले ज्ञानेन्द्रको आग्रह पनि मानेनन् ।
स्रोतका अनुसार दोस्रो जनआन्दोलन उत्कर्षमा पुगेका बेला सत्ता आफूलाई दिन पारसले बाबुलाई प्रस्ताव गरेका थिए । 'राजसंस्थामाथि चुनौती थपिँदा भुटानी राजाले छोरालाई सत्ता दिए, यहाँ पनि मैले मौका पाए सब ठीक पार्छु,' स्रोतका अनुसार पारसको दाबी थियो । तर, ज्ञानेन्द्रले पारसलाई सत्ता नदिई अन्तिमसम्म आफैं दमन गरी अन्तिममा घुँडा टेकेकोमा पारस असन्तुष्ट थिए ।
नरिसाउनुस् है न्यायधिषज्यू
55 minutes ago

0 Comments:
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!