Tuesday, July 01, 2008

टट्टीखाना ऐन, २०६५


- लक्ष्मण गाम्नागे
नयाँ नेपालमा के कस्ता नयाँ कानुनहरू बन्नेछन् र ती कसरी लागू हुनेछन् भन्ने कुराको प्रारम्भिक छनक वनमन्त्री पितृका यादव (स्वभावले उहाँ 'मातृका' होइन, 'पितृका' हुनुहुन्छ)ले एक जना एलडीओलाई टट्टीखाना ऐन, २०६५ को दफा १ अर्न्तर्गत डेढ घन्टा टट्टीखानामा थुनेर पेस गरसिक्नुभएको छ । सुरुमा त मैले उहाँको त्यस कदमलाई गलत भन्दै विरोध गरेको थिएँ तर 'गनाउनेलाई गनाउने ठाउँमै थुन्नुपर्र्छ' भनेर उहाँले भन्नुभएपछि मैले पनि 'काँक्रा चोरलाई मुड्के सास्ती' भनेर हाम्रा पुर्खाहरूले बनाएको उखान सम्झेँ र मन्त्रीज्यूले उठाएको त्यो साहसिक कदमलाई दिलैदेखि र्समर्थन गरेँ । भ्रष्टाचार निर्मूल गर्ने पवित्र मनसायबाट मन्त्रीज्यूले कारबाहीको नयाँ काइदा जो प्रस्तुत गर्नुभयो, त्यो सोह्रैआना सराहनीय भएको कुरामा म ढुक्क भएँ ।
अख्तियार वा अरू निकायले समातेर अदालतमा बुझाएका भ्रष्टाचारीहरू अदालतबाट स-सम्मान रिहाइ भएर भ्रष्टाचारविरोधी ऐन, कानुन र निकायहरूलाई भुँडीले ठोक्काएर लडाउँदै हिँड् ने गरेको इतिहास हेर्दा यो देशका निर्लज्ज, निर्वस्त्र र थेत्तरा भ्रष्टाचारीलाई जे गर्नुपर्ने हो, त्यो नै यादवजीले गर्नुभएको हो । केही कथित मानव अधिकारवादीहरू, कर्मचारीहरू, नागरकि समाज भनाउँदाका मान्छेहरूले उहाँको यो हाकाहाकी विरोध गरेर नेपाललाई नयाँ हुन नदिने षड्यन्त्रमा लागेको पनि देखियो । मन्त्रीज्यूकै बाहुलीबाट घोक्रेठ्याक लगाइएर मन्त्रीज्यू स्वयम्ले प्रयोग गर्ने पवित्र टट्टीखानामा दुइ-चार घन्टा बस्दैमा भ्रष्टाचार पच् हुन्छ भने बसिदिउँला न त भनेर दङ्ग पर्ने भ्रष्टाचारी पनि भेटिए । त्यस्ताहरूलाई तह लगाउन पनि टट्टीखाना ऐन, ०६५ मा अरू थुप्रै दफाहरू थप गर्न आवश्यक देखिएकाले मन्त्रीज्यूलाई केही सुझावहरू पेस गरिएको छ ।
कुन स्तरको भ्रष्टाचारीलाई कुन सजाय गर्ने भन्ने कुरा मन्त्रीज्यू स्वयम् जानिफकार हुनुहुन्छ । मन्त्रीज्यूको अहिलेसम्मको काम गर्ने शैली हेर्दा उहाँसँग यस्ता काइदा कति होलान् कति † तैपनि, नयाँ नेपालमा भ्रष्टाचार र गम्भीर अपराध गर्नेहरूका लागि व्यवस्था नगरी नहुने केही महत्त्वपुर्ण दण्ड-सजायहरू मन्त्रीज्यूलाई स्मरण गराउन चाहन्छु । जस्तै ः
क्रमशः कान समातेर उठबस गराउने, भाटाले हान्ने, गिट्टीमा घुँडा टेकाउने, दिसा खुवाउने, मोसो दलेर जुत्ताको माला लगाई सहर घुमाउने, इनारमा डुबाउँदै झिक्दै सिस्नाले हान्दै गर्ने, कोर्रा हान्ने र सुम्ला बसेका ठाउँमा अमिलो दल्ने, करेन्ट लगाउने, नाक काट्ने, गोप्य अङ्गमा खुर्सानी दल्ने, जिउँदै गाड्ने, छाला काड्ने, उभिन्डो पारेर झुन्ड्याई तलबाट आगोले सेकेर भ्रष्टाचारले बढेको बोसो पगाल्ने, ठूला कर्राईमा तेल तताएर डुबाउने, भुत्ते करौँतीले रेट्ने इत्यादि । खुसीको कुरा, पापीहरूले नर्कमा दिइने सजाय नमरीकनै यहीँ नयाँ नेपालमा पाउने भए । हामी भाग्यमानी नेपालीले त्यो दिन पनि देख्न पाउने भयौँ ।
प्रिय पाठक,
एक्काइसौँ शताब्दीमा यीभन्दा उपयुक्त दण्ड-सजाय अरू केके हुन सक्छन्, थाहा छ भने तपाई पनि सात दललाई सुझाव पठाउनुहोस् । अथवा वनमन्त्री पितृका यादवलाई सोझै सर्म्पर्क गर्नुहोस् । नयाँ युगमा हामी यसरी नै प्रवेश गरौँ । जय बजरङ्गबलि †

1 टिप्पणी:

दिलीप आचार्य on July 2, 2008 7:33 AM said...

एक्काइसौँ शताब्दीमा यीभन्दा उपयुक्त दण्ड-सजाय अरू के नै हुन सक्लान र? तपाईले भित्तै पुग्ने गरि लेखिसक्नु भएको छ ।

मेरो बुद्धिमा त केहि आएको थिएन तर उहि मन्त्रीज्युका पार्टिका एकजना सक्रिय सदश्यले भने मलाई त्यसमा यो पनि थप्न मिल्छ भनेर बताएका थिए:

:- बोराले टाउको छोपेर चारैतिरबाट भकुर्ने ।
:- मुखमा सोली राखेर जबरजस्ती छ्याङ खुवाउने
:- जिउभरि खुँदो दलेर नाङ्गै झीगां भन्कने ठाँउमा सुताउने ।

:- खुर्सानिको होम हालेर धूवा सुंघाउने ।
:- हान्ने साँढेको अगाढि रातो लुगा लागाएर बाँधेर राख्ने ।

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

गफगाफका बारेमा

All sarcastic thoughts about literature, critisism, poetry, debatable issues and current issues.

Let's Share

Let's share our ideas with yours. Comments and feedback heartily welcome.

-- Copyright © 2009 गफगाफ डट कम