Tuesday, June 17, 2008

'डायनासँग शारीरिक सम्बन्ध थिएन’

लन्डन/ बेलायती राजप्रासादका पूर्वकर्मचारी पाउल बुरेलले आफ्नो युवराज्ञी डायनासँग यौनसम्पर्क रहेको भन्ने दाबीको खण्डन गरेका छन् । राजप्रासाद सेवामा रहँदा डायनासँग गोप्य सम्बन्ध रहेको भन्ने दाबीसहित आइतबार समाचारहरू प्रकाशमा आएका थिए । तर, बुरेलले आफू युवराज्ञी डायनाको सेवामा कार्यरत रहँदा त्यस्तो घटना भएको भन्ने दाबीमा सत्यताको एक अंश पनि नरहेको बताएका छन् ।

'मलाई चिन्ने र डायनालाई चिन्ने जोकोहीले पनि राजप्रासाद सेवाको परिधि र मर्यादालाई बुझ्छन् । किङस्टोन दरबारमा रहेका बखत त्यस्तो घटना भयो भनेर मेरो बफादारिता र विश्वासमा आँच पुर्‍याउने यो दाबी घृणित र दुर्नियतपूर्ण छ,' बुरेलले भने । आफ्नो सालो रोन कोसग्रोभले मागेको बखत पैसा नदिँदा यो भ्रम सिर्जना गरेको बुरेलले बेलायती सञ्चारमाध्यमहरूलाई बताए ।


Post a Comment

0 Comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 
Hast for Allaclick