Wednesday, July 02, 2008

डेनमार्क सबैभन्दा सुखी मुलुक

वासिङ्टन/ लोकतन्त्र, सामाजिक समानता र शान्तिपूर्ण वातावरणका साथ डेनमार्क सबैभन्दा सुखी राष्ट्र बनेको अनुसन्धानकर्ताहरूले सोमबार बताएका छन् । राजनीतिक र सामाजिक कलहग्रस्त जिम्बाबे सबैभन्दा दुःखी मुलुक बनेको छ भने विश्वकै सबैभन्दा धनी मुलुक संयुक्तराज्य अमेरिका सुखी राष्ट्रहरूको पंक्तिमा १६औं स्थानमा रहेको छ । अमेरिकी सरकारको आर्थिक सहयोगमा सञ्चालित वल्र्ड भ्यालुज सर्भेका अनुसार सम्रगमा विश्व सुखी बन्दै गएको छ । यो संस्थाले समाजशास्त्रीहरूको विश्वव्यापी सञ्जालद्वारा नियमितरूपमा सर्वेक्षाण गर्ने गरेको छ ।

यो संस्थाले १९८१ देखि २००७ सम्ममा विश्लेषण गरिएका ५२ मध्ये ४५ मुलुकमा सुख वृद्धि भएको पाएको छ । 'शान्ति र सुखबीच बलियो अन्तरसम्बन्ध रहेको मेरो दृढविश्वास छ,' यस अध्ययनका निर्देशक राजनीतिक शास्त्री रोनाल्ड इन्गलहार्ट भन्छन् । यसैगरी, सुख र लोकतन्त्रबीच पनि बलियो अन्तरसम्बन्ध रहेको उनको विचार छ । इन्गलहार्ट भन्छन्, 'हाम्रो मूल्यांकनमा डेनमार्क विश्वको सबैभन्दा सुखी मुलुक हो । डेनमार्क विश्वको सबैभन्दा धनी मुलुक नभए पनि समृद्धशाली मुलुक हो ।' उनका अनुसार प्योर्टो रिको, कोलम्बिया, उत्तरी आयरल्यान्ड, आइसल्यान्ड, स्विट्जरल्यान्ड, आयरल्यान्ड, नेदरल्यान्ड, क्यानडा र स्विडेन पनि सुखी मुलुकको पक्तिमा शीर्षस्थानमा रहेका छन् ।

यस्तो सर्वेक्षण पहिलोपटक सन् १९८१ मा गरिएको थियो । यसपटकको सर्वेक्षाण साढे तीन लाख व्यक्तिबीच गरिएको इग्गलहार्टको समूहले बताएको छ । इन्गलहार्टका अनुसार सुखको सबैभन्दा महत्त्वपूर्ण मापक मानिसले आफू कसरी बाँच्ने भन्ने छनोटको स्वतन्त्रता मानिसलाई कति छ भन्ने हुनु नै हो ।

0 Comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम