पर्वतको मुडिकुवा गाविस-८ का शिव सापकोटाले घाँटी रेटेर श्रीमतीको हत्या गरेका छन् । शुक्रबार बिहान चार बजे उनले श्रीमती अप्सरादेवीको हँसिया र खुकुरीले घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । मृतक अप्सराको घाँटी चुँडिने अवस्थामा छ भने शरीरको अन्य भागमा हँसियाको चुचोले खोपेका डोब छन् । स्थानीय बासिन्दाले खबर गरेपछि पुगेको प्रहरीले घटनास्थलबाट हँसिया र आठ इन्चको खुकुरी बरामद गरेको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले श्रीमतीको हत्या गर्ने शिवलाई पक्राउ गरेको छ । उनी जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
आप\mनै कोठामा सुतिरहेकी अप्सरालाई घरको भित्री कोठामा लगेर हत्या गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्याको कारण खुलेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकका जेठा छोरा राजनले घरमा कुनै विवाद नभएको बताएका छन् । उनका अनुसार बिहीबार राति परिवारसँगको बसाइपछि शिव आपनै भाइ नरनाथको घरमा सुत्न गएका थिए । 'बुबा अलि चिन्तित देखिएपछि परिवारको सल्लाहले नै नरनाथ काकाको घरमा सुत्न पठाएका थियौँ,' बाबु चिन्तित हुनको कारण थाहा नभएको उल्लेख गर्दै राजनले भने ।
Post a Comment
0 Comments:
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!