Thursday, July 31, 2008

बेइजिङमा बादल प्रतिबन्धित

बेइजिङ, ८ अगस्टमा हुने बेइजिङ ओलम्पिक उद्घाटन समारोहलाई वर्षाले नबिथलोस् भनी चीनले बेइजिङको आकाशमा बादललाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । यसका लागि चीनले विज्ञान र इन्जिनियरिङ पृष्ठभूमि भएका ३२ हजार मानिसलाई बेइजिङको आकाशमा बादललाई छेक्न परिचालन गरेको छ । यसका साथै बादललाई बेइजिङको आकाशबाट धपाउन स्याटलाइट अनुगमन गर्नुका साथै 'क्लाउड सिडिङ' प्रविधि अपनाउने भएको छ । ऐतिहासिक आँकडा अध्ययन गर्दा ८ अगस्टका दिन बेइजिङमा पानी पर्ने सम्भावना ४१ प्रतिशत रहेको छ । बेइजिङ नगरपालिका मौसम ब्युरोअन्तर्गत रहेको बेइजिङ मौसम इन्जिनियरिङ अफिस व्यापक 'ओलम्पिक वेदर मोडिफिकेसन प्रोजेक्ट' को इञ्चार्ज हो ।

यो अफिसलाई अगस्ट ८ को दिन बेलुका ८.०८ बजे देखि ११.३० बजेसम्म ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोहको दौरान पानी पर्न नदिने जिम्मेवारी सुम्पिएको छ । अमेरिकी वैज्ञानिकहरूले विकसित गरेको प्रविधि अपनाएर बादलमा सेल र रकेट प्रहार गरिन्छ । यसैलाई 'क्लाउड सिडिङ' भनिन्छ । सेल र रकेटमा राखिएको हिउँजस्तै पर्दाथले बादलमा रहेको पानीको थोप्लालाई जमाउँछ । बादललाई पन्छाउन २६ वटा कन्ट्रोल स्टेसन राखिएका छन् । उद्घाटनस्थल 'बड्स नेस्ट' मा छाना नभएकाले पानी रोक्न यो अभियान छेड्नुपरेको हो ।


Post a Comment

0 Comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 
Hast for Allaclick