Thursday, July 31, 2008

उल्टी गर्दा ८ लाख पुरस्कार

बेलायतकी एउटी महिलालाई डाइटिङ गरेकोमा ८ लाख पाउण्डभन्दा बढी पुरस्कार हात परेको छ । तर यो पुरस्कार उनले कुनै प्रतियोगिता जितेको अवसरमा दिइएको चाहिँ होइन । "डिटोक्स डाइटिङ" गर्ने क्रममा उनको दिमागमा स्थायी असर परेका कारणले कम्पनीलाई मुद्दा हालेकी थिइन् । यो किसिमको डाइटिङ गर्दा पानी बढी पिउनुपर्ने नियम रहेको छ ।

५२ वर्षीया डन पेजले "द अमेजिङ हाइड्रेशन डाइट"ले भनेजस्तै शरीरमा भएको नुन तत्वलाई हटाउन बढीभन्दा बढी पानी पिएका कारण उनको मगजमा स्थायी असर परेको चिकित्सकहरुले बताएका छन् ।

स्थानीय हाई होर्टले यही डाइटका कारण उनले थाम्नै नसक्ने गरी उल्टी गरेको गर्‍यै भएका कारण उनको दिमागमा गम्भीर असर परेको कारण जनाई ८ लाख १० हजार तिर्न आदेश दिएको छ । यता यस किसिमको डाइटकी सञ्चालिका न्यूटि्रशनिस्ट बार्बरा नाशले चाहिँ नियमित रुपमा वाकवाकी लाग्नु र केही दिन दुःख पाउनु स्वाभाविक भएको बताएकी छिन् । यता बार्बराको इन्स्योरेन्स कम्पनीले ती महिलालाई छादेबापत पैसा तिर्न राजी भइसकेको समाचारमा जनाइएको छ ।

सन् २००१ को अक्टोबर महिनामा जब उनी त्यस संस्थामा छिरिन् त्यसको एक साता पनि नबित्दै उनलाई बिसञ्चो भयो । उनलाई तत्काल प्रिन्सेस मार्गरेट हस्पिटल स्वीनडन लगियो । तर उनलाई लगातारको बान्ता रोक्नबाट डाक्टरहरु असफल भए । बान्ता गर्दागर्दै थाकेकी उनको खराब हालत देखेर उनका पति ५४ वर्षीय जिओफ पेजले पत्रकारहरुसँग भने- "यो किसिमको वाहियात तरिकाले मान्छेको जिउ घट्ने मात्र होइन जिउ नै नरहने पूरापूर सम्भावना पो देख्दैछु ।"

हुन पनि यो शैलीको प्राकृतिक उपचार विधि खोज्दा यति छादिन् कि तीन दिनपछि त उनको गोडा नै नचल्ने भयो । उनले दिनको पाँच लिटर पानी पिउने गरेको उनका पतिले बताए ।

यता आठ लाख बढी क्षतिपूर्ति तिरिसकेपछि यस किसिमको डाइटिङ चलाउने कम्पनीले भने यस विषयलाई नलम्ब्याउन अनुरोध गरेको छ ।



Post a Comment

0 Comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 
Hast for Allaclick