नेपालमा लोकतन्त्रको उदय भएपछि अझै गणतन्त्रको आभाष मान्छेमा भएपछि बन्द र चक्काजामले आजित भइसकेका छौँ । कारण सुन्दापनि हाँस उठ्ने खालका बन्दले हैरानै पारिसक्यो । कतिपय कुरा यस्ता हुन्छन् जुन बन्दमा पनि गर्न सकिन्छन् तर ‘आज बन्द’ भन्ने भान भइसकेपछि सबै जोश, जाँगर कहाँ सेलाएर जाँदो रहेछ-रहेछ । आज काठमाण्डौ विश्वविद्यालय भएको गाउँका मान्छेले पानी वितरणमा छुट्याइयो भनेर गाँवै बन्द गरे । जसको असर सोझै हामीमा पर्यो । बिहान एउटा परीक्षा थियो र हतार-हतार गर्दै चिया खान गएको त सबै पसल नै बन्द छ । भोकै परियो केहि खानै पाइएन । साथीहरू सबैको ताल त्यस्तै भएछ । जाँच दिन ठाउँमा गइयो अनि १५ मिनेटसम्म कुर्दा पनि कोही नआएपछि भोकले रन्थनिएका साथीहरू जाऔँ भन्दै उकालो लागे । हामी पनि सँगसँगै पछि लाग्यौँ । पछि जाँच दिन बोलाउँदै थिए, बन्दको भूत चढिहालो जाँचै दिन मन लागेन । आज सकिइहाल्ने काम अर्को दिनलाई सर्यो अब । झन् मज्जाले पढेर जाँच दिन पाइने भइयो ।वास्तवमा बन्दले हामीलाई प्रत्यक्ष रूपमा बेफाइदा पुर्यागएपनि अप्रत्यक्ष रूपमा अलि फाइदै पो गरेको छ कि क्या हो जस्तै लाग्न थाल्यो मलाई । विदेशमा मान्छे महिनौँअगाडिदेखि एउटा काम गर्ने योजना बनाएर बस्छन् । तर हामीलाई त्यसो गर्नैपर्दैन । हामी अब यतिसम्मका भइसक्यौँ कि केहि पनि काम गर्नलाई योजना बनाउनुपर्दैन । ‘अन द स्पट’ सबैथोक गर्ने बानी बसिसक्यो हामीमा । जो होगा देखा जाएगा भन्यो आजको काम जसोतसो सक्यो अनि भोलिको लागि कुर्योै । योजना बनाउनतर्फ लाग्यो भने त भोलिपल्ट बन्द भयो भने योजना सबै अलपत्र हुन्छ । यो बन्दले हामीलाई छोटो समयमा नै ‘डिसिजन’ लिनसक्ने बनाइदिएको छ । कुनैपनि कामका लागि महिनौँदेखि बुन्नुपर्ने योजनालाई अत्यन्तै न्यूनिकरण गरिदिएको छ बन्दले । जस्तोसुकै परिस्थितिका लागि पनि तयार बनाउँदै छ बन्दले हामीलाई जसको प्रतिफलस्वरूप पछि हामी छोटो समयमा नै राम्रो काम गर्ने सक्षम हुनेछौँ कि !
बन्दले हामीभित्र रहेको अल्छीको मात्रालाई पनि घटाउँदै छ । अरूदिन काविविबाट बनेपा जान पनि गाडि चढ्नुपर्ने साथीहरू काठमाण्डौ नै हिँडेर जान तम्सिरहेका छन् । अरू बेला फोटोकपी नभई पढ्न नसक्नेहरू ‘नोट’को जोहो गर्नतर्फ लाग्दैछन् अनि नियमित रूटिनमा नभ्याइएका कतिपय काम फत्ते गर्न पनि साह्रो काम लागेको छ बन्द । बन्दले हाम्रो सोचलाई पनि ‘मल्टी डाइमेन्सनल’ बनाइदिएको छ । एउटा काम गर्नुपर्यो भने हामी त्यो काम फत्ते गर्नका लागि कम्तीमा तीनवटा बाटा सोच्छौँ अचेल । यो भएन भने यो अनि यो पनि भएन भने यो भन्दै । यसका कारण काम समयमै पनि भइरहेको छ ।
जे भएपनि मलाई त बन्दले अलिअलि हामीलाई स्फुर्ति नै प्रदान गर्दैछजस्तो लाग्न थाल्यो अचेल त । मैले सुनेको थिएँ एकपटक, जे कुराको पनि राम्रो पक्ष खोज्नतर्फ लाग्यो भने जीवन सुखमय हुन्छ भनेर । त्यहि भएर बन्दको राम्रो पक्ष बटुल्नतर्फ लागेको म । तपाईँसँग पनि अरू बन्दका राम्रो पक्ष छन् भने यसो आदानप्रदान गरौँ न । त्यसो गरे कसो होला ?
अनि आजको बन्दको प्रभाव चैँ काठमाण्डौ विश्वविद्यालयमा पनि दह्रो परेको छ । काविविको पुरूष छात्रावासमा टाँसिएको सूचना त हेरिहाल्नुभयो माथि । अब त्यो सूचनामा भनेअनुसारको सहयोग चैँ कस्तो हो खै ? शौचालय जानुपरे पनि थामेर बस्ने अनि गईहाले पनि नधोई आउने हो कि ? अनि तिर्खा लागे पनि पानी नखाने हो कि ? साथीहरूको टि-सर्टमा लेखेको देखेको थिएँ "Drink Beer Save Water" भनेर । यहाँ हामीले त त्यस्तै गर्नुपर्ला जस्तो छ । भर्खर ट्याङ्करमा पानी आ'को छ त्यो पनि बाल्टीमा थापेर कोठाकोठा ल्याउने हो अरे । सकिहाल्छन् होला लौ गईहालेँ म पानी थाप्न । आफूसँग त बाल्टी पनि छैन कस्ले दिने होला यो अनिकालमा ??
Post a Comment

5 Comments:
"बन्दले हाम्रो सोचलाई पनि ‘मल्टी डाइमेन्सनल’ बनाइदिएको छ" la badhai chha!!
हो बन्दले केही न केही स्फुर्ती चाँही गरेकै हुन्छ
ज्ञान प्राप्त हुने भनेको यस्तै हो, जस्तै दु:ख परेपनि हाँस्न सकिन्छ। बधाई छ उजेली, बुद्धत्व नजिक छ:)
Hola malai ni testai lagcha ali ali freshness chai laucha ki kahile kahi ko banda le hami Nepali lai chai khana ma chatni jastai bhako jasto ho ki yo banda .
कमेन्ट गरिदिनुहुने सबैलाई धेरै धन्यवाद !! केयूको बन्द अझै जारी छ अनि हामीलाई पानीको समस्या अझै भइरा'को छ । हर हर महादेव पानी देऊ देऊ !!!
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!