देउरालीमा मौलाएको पीपलुको पात राम्रो
मेरो ओठ सुम्सुम्याउने तिम्रो कोमल हात राम्रो
कोइलीको कुहु-कुहु के पो मिठो हुन्छ र खै
सँगै बाँचौँ सँगै मरौँ भन्ने तिम्रो बात राम्रो
सिरेटोले मुटु काम्ने कठ्याङ्ग्रिदो पुष-माघमा
सिरक होइन तिम्रो माया ओढी सुत्ने रात राम्रो
कथा,गीत गजल सबै फिक्का फिक्का लाग्न थाल्यो
तिम्रो मनको कुरा भा'को ईमेलको खात राम्रो
लक्ष्यतिर उन्मुख मेरा पाइला अघि बढ्दै जाँदा
पाइलैपिच्छे सँगै हुने तिम्रो न्यानो साथ राम्रो
Post a Comment

22 Comments:
अ, त्यसरि धेरै फुर्काउदा मातेर फेरि माया जाल् नै भंग गर्लिन् नि? साच्चै मिठो गजल........
खोई हौ सिकारू जी !! त्यस्तै पो हुने हो कि !! अलि कम गर्नुपर्यो है अर्कोपटक देखि !!!!
मिठो गजल ! साह्रै मन पर्यो उजेलीजी , साँच्चै मनमा लागेको कुरा हो भने कम गर्नु पर्दैन फुर्क्याउनै मनमा लगाएको हो भने चैं कम गर्नुपर्छ ।
रोचक शैलीमा लेखिएको गजल । गजलमा "ई-मेल'को पनि प्रसंङग उठाएर यसलाई रोमाण्टिक मात्रै होईन 'मोर्डन गजल' बनाउनु भएको छ (सत्य घटनामा आधारित कथा सुनेको र पढेको हो, के यो गजल पनि त्यस्तै हो त?)
तपाइले प्रशंग मै लेखिसक्नु भएको छ -यो गजल विशेष कसैको लागि लेखेको हुँ !
जो होस भाग्गे मानि रहेछ जसको समझना म यती राम्रो कविता लेख्नु भो ।
कती राम्रो भावना ! मलाई पनी तपाईको शब्द सापट लिएर -माया पिरती को कुरा गर्न मन लाग्यो । साचै राम्रो मैले एसलाई दोह्र्याएर नै पढ़े ।
जो होस भाग्गे मानि रहेछ जसको समझना मा यती राम्रो कविता लेख्नु भो ।
(m ko thauma ma hai )
Nice composition!Liked your Gazal (e-Gazal rather;-)).
सबैजनालाई धेरै धन्यवाद ! अनि दिलिप दइ, साँच्चै नै सत्य घटनामा आधारित हो यो । हा हा !! मनमै लागेको कुरा हो दीपक दाइ त्यतिकै फुर्क्याएको होइन हौ ।
वेदनाथ दाइलाई चैँ मज्जाले शब्द सापट लिएर साँच्चिकै यस्तो भावना आउने परिस्थिति खडा गर्नुहोस् भन्छु । दीपेन्द्र दाइलाई पनि धेरै धन्यवाद ई-गजल भनिदिनुभएकोमा ।
i agree i am quite lucky.i love your gazal very much ....its outstanding..
सही बात !
it's outstanding...
कस्तो रोमान्टीक
कसैले मलाई सम्झेर यस्तै गजल लेखिदिए कस्तो मज्जा हुन्थ्यो होला । मनको यो प्रेमिल भावलाइ अन्नतसम्म कायम राख्नुहोला । केहि समय पछि प्रेम दाल भात तरकारी नहोस ।
कती राम्रो गजल आहा।
स्रस्टाहरुको श्रीजना त
यस्तो पो हुनुपर्छ त।
जती पढ्यो उती पढौ लाग्ने।
शुभकामना प्रगतिको लागि।
"उनकालागि लेखेको यो, तिम्रो गजल सार्है राम्रो
साँच्चै अब ठूलो भा'को जस्तो लाग्यो भाइ हाम्रो !" :D :-P
अझै लेख्नकालागि ऊर्जा प्रदान गर्ने बिमल दाइका शब्दहरूप्रति म धेरै आभारी छु । अनि साँच्चै ठूलो भइयो कि क्या हो है साधना दिदी !!!!!
Gazal ta dami cha ni .. bishesh kasaiko lagi lekheko jasto cha :d
wow Dami 6..............!!!
Gajal yek dam ramro 6!
keep it up....
la sabai ramro re tara malai chaahi tapaiko gajal lekhne sailee ramro laggyo, badhaai chha hai Ujelee jee.
dhanyabad !!!!!!!!
wah wah wah wah !!!
Aaceaze
Malai man paryo ani mero mayaluko lagi tappka tiper mail gardai chu hai mero mayalu lai, kirpaya chorecha nabhannu la...
what a good ghazal............ simply superb
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!