Saturday, December 13, 2008

बम


(आजभन्दा करिब ६ वर्षअगाडि देशमा व्याप्त राजनैतिक परिस्थितिको सेरोफेरोमा रहेर लेखेको कविता हो यो मेरो । परीक्षाको कारण बढ्दै गएको बेफुर्सदीले गरेर म तपाईँहरूलाई मेरा पुराना कविताहरू अबको केहि समय पस्किने जोहो गर्दैछु । मेरा बालकविताहरू स्वीकारिदिनु होला ।)

जिन्दगीमा नसुनेको कुरा सुनेँ मैले
पानी खाने गाग्री पनि बम भयो अहिले
पुत्ला पनि बम अरे रकेट पनि बम
तुल पनि बम अरे सकेट पनि बम

जहाँजहाँ फोहोरको हुन्छ डमाडम
त्यहीँनेर पड्किदिन्छ प्रेसर कुकुर बम
एउटै घरका परिवार घम्साघम्सी लडे
पेट्रोल बम गाडिभित्र यात्री सबै डढे

विकास भो जताततै बाल्टीन पनि बम
केहि दिनमा हुन्छ अब लाल्टीन पनि बम
हाम्रो देश नेपालमा शान्ति छाउँछ कहिले
भएभरका भाँडाकुँडा बम भए अहिले

झुल बम तुल बम फूल बम फले
राम्रा राम्रा घरअफिस खरानी भै बले
क्रान्ति फाल्न गाह्रो पर्‍यो हामी सबैलाई
बम पाल्न साह्रो पर्‍यो हाम्रो देशलाई !!

12 Comments:

  1. एकदम सही छ, वयान चाँहि !
    जे पनि बम !!!
    हामी चाँहि बाँच्ने मध्येमा पर्‍यौँ !
    ReplyDelete
  2. तपाइको कविता र आकार जी को टिप्पणि दुबै 'भयंकर' लाग्यो ।

    साथै परिक्षामा उच्चतम अंक सहित सफलाता मिलोस भन्ने कामना सहित!!
    ReplyDelete
  3. aa sachai nai saathi kabita yatharta ma aadharita chha ,ani tapaiko exam ko lagi unnati ko kamana la.
    ReplyDelete
  4. ओ , हो ! सबथोक बम ।
    रम लिने बम भए
    विकाश जती गम भए ।
    तर साथी - हाम्रो कीबोर्ड र माउस चाहि बम नभएस ।
    ReplyDelete
  5. उजेलि जि कबिता सारै राम्रो लेख्नु भएछ।जुन कुराहरु बास्तबिक्ता नै थियो।त्यो समयमा।अनि बम चहि खतरा नै राख्नु भएछ।हा!हा!!हा!!!
    ReplyDelete
  6. just saw your comment now and have replied.. let me know if you need any more help!
    ReplyDelete
  7. Nice one!खासमा स्थिति खासै फेरिएको भने छैन, यसैले समसामयिकनै पनि भन्न सकिन्छ।
    ReplyDelete
  8. Baini ujeli,
    Namaskar.Pahilo comentma Dai bhanera sambodhan garnu bhayeko thiyo ra baini bhandaichhu.Mera yek baini thapinu bhayekoma aabhar byakta gardachhu.Srijana garirahanuhola.kya sundar lekhnuhunchha hoina ra?
    ReplyDelete
  9. Great one ujeli . j pani bam aajakl ta gagro pressure cooker sab bam aajkal ta.
    ReplyDelete
  10. कमेण्ट गरिदिनुहेने सबैजनालाई धेरै धन्यवाद ! परीक्षाको दौडधुपले गरेर यहाँहरूको ब्लगभित्र छिर्न अलि समय लागेकाले क्षमा चाहन्छु !! यस्तै यस्तै प्ररणाका दुईचार शब्दको अपेक्षा सधैँभरि राख्दछु !!!!!!
    ReplyDelete
  11. aajkal ta jatasukai bam nai bam....

    very good poem!!!
    ReplyDelete
  12. विमल जी, उजेली भन्ने भाइ नै हुन् है ।
    तपाई को खाता बाट एउटा बहिनी हटाउनुहोस् है !
    hehehe....
    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम