वर्तमान समयमा आलोचनाको शिखरमा रहेको नेकपा माओवादीविरूद्ध जनताको निराशा विस्तारै अनुभव गर्न सकिने गरि नै देखिन थालेको छ । १० वर्ष युद्ध(जनयुद्ध होइन युद्ध किनभने माओले यसकिसिमको युद्धलाई क्रान्तिकारी भड्काव मात्रै भनेका छन्) लडेर माओवादीका लागि आफ्नो ज्यान खुकुरीको धारमा राख्नसमेत तयार सक्रिय कार्यकर्ताको नेकपा एमाले प्रवेश यसै क्रमको पछिल्लो उदाहरण बनेको छ । व्यहवारमा केहि त्रुटि देखिएपनि सैद्धान्तिक रूपले नेपालको सबैभन्दा बलियो पार्टी एमालेमा प्रवेश गर्न पाउँदा आफूलाई धेरै खुसी लागेको प्रतिक्रिया उनीहरूले दिए ।
जनताका लागि युद्ध लड्छु भनेर जनता उकास्ने अनि सत्तामा पुगेपछि नेताहरू सुविधाभोगी भएका कारण माओवादीप्रति वितृष्णा आमजनतामा बढ्दै गएको छ । माओवादीका सामान्य जिल्लाकमिटीका नेता पनि गाडिमा चढेर घुम्ने प्रवृत्ति यसको ज्वलन्त उदाहरण हो । नेकपा एमालेका अमृतकुमार बोहरा, प्रदिप ज्ञवालीलगायतका केन्द्रीय नेताहरू आफूसँगै माइक्रोबसमा चढेको देखेपछि उनीहरूले एमालेप्रतिको आफ्नो धारणा परिवर्तन भएको बताएका थिए । एक्काइसौँ शताब्दीमा आएर पनि उन्नाइसौँ शताब्दीको कम्युनिजम लाद्ने माओवादीको सिद्धान्त क्रमस: विफल हुँदै गएको हामीले प्रत्यक्ष अनुभव गर्दै आएका छौँ । अखिल क्रान्तिकारीका जिल्लाका सचिवसमेत बोलेरो गाडिमा चढेर आएको देखेर म स्वयम् एक समय छक्क परेको थिएँ । विद्यार्थी राजनीतिमा लागेको अनि क्याम्पस पढ्दै गरेको विद्यार्थीले कहाँबाट गाडिमा चढेर घुम्ने हैसियत राखे भन्ने कुरा साँच्चै नै सोचनीय र खोजनीय विषय हो । वाईसिएलका भरौटेले कहाँबाट पल्सर ल्याएर चढ्छन् भन्ने कुरा पनि खोज्नैपर्ने विषय भइसकेको छ ।
नेकपा माओवादीका जिल्लस्तरीय नेताहरूको एमाले प्रवेशको घटनालाई वाईसिएलका काठमाण्डौ इन्चार्ज तथा सभासद् चन्द्रबहादुर थापाले बडो रमाइलो रूपले व्याख्या गरेका छन् । उनका भने "गुण्डागर्दी गर्ने, चोरी र डकैतीमा संलग्न हुने अपराधीमात्र मात्र गएका हुन् ।" आफूहरुले सुधार गराउन क्याम्पमा ल्याएर राखेका केही ´ट्यापेहरु´ मात्र एमालेमा गएको उनले जिकिर गरे । मलाई यो कुरा एकदमै चित्त बुझ्यो । उनले एकदमै ठिक भने । उनकै कुरालाई यस्तो अर्थ लगाएँ मैले 'केहि ट्यापे एमालेमा गए अरू सबै वाईसिएलमै छन् ।' बधाई छ चन्द्रबहादुर ज्यू ! ट्यापेको इन्चार्ज हुनुभएकोमा !
नरिसाउनुस् है न्यायधिषज्यू
52 minutes ago

7 Comments:
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!