Saturday, January 03, 2009

२००८ ले गुमाएका प्रमुख विश्वचर्चित व्यक्तित्व

यस वर्ष विश्वले केही असल र केही खराब मानिस गुमायो । यहाँ २००८ मा हामीले गुमाएका केही प्रमुख विश्वचर्चित व्यक्तित्वको छोटो परिचय:

एड्मन्ड हिलारी
सन् १९५३ मा विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने एड्मन्ड हिलारीको ८८ वर्षको उमेरमा ११ जनवरी मा निधन भयो । तेन्जिङ शेर्पा र उनले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।

जर्ज हब्वास
प्यालेष्टाइनको स्वतन्त्रताको उदेश्य राखेर स्थापना गरिएको लोकपि्रय मोर्चाका संस्थापक जर्ज हब्बासको २००८ मा जनवरी २६ मा ८१ वर्षको उमेरमा जोर्डनमा मृत्यु भयो ।

सुहार्ता
१९६७ देखि १९९८ सम्म इन्डोनेसियाका राष्ट्रपति बनेका सुहार्ताेको मृत्यु ८६ वर्षको उमेरमा २७ जनवरीमा भयो । एसिया महादेशमा लामो अवधिसम्म शासन गर्नेमध्ये उनी एक हुन् ।

महर्षि महेश योगी
चर्चित सांकेतिक समूह बिटल्स तथा अन्य स्टारलाई ध्यानयोग सिकाउने श्रेय भारतका गुरु महर्ष्र्ि महेश योगीलाई जान्छ । ९१ वर्षिय योगीको ५ फेबु्रअरी २००८ मा नेदरल्यान्डमा निधन भयो ।

सर आर्थर क्लार्क
साइन्स फिक्सनका पायनियरका रूपमा चिनिएका सर आर्थर क्लार्कको श्रीलंकामा १९ मार्च २००८ मा मृत्यु भयो । उनी ९० वर्षका थिए । उनले आफ्ना पुस्तकमा भूउपग्रहका बारेमा पहिल्यै नै लेखेका थिए ।

अलेक्सान्द्र सोल्झेनित्सिन
साहित्यमा नोबल पुरस्कार पाएका अलेक्सान्द्र सोल्झेनित्सिनलाई पनि हामीले यसै वर्ष गुमायौँ । सोल्झेनित्सिनले स्टालिनको शासनकालमा श्रमशिविरमा गरिएका अनाचारहरूका बारेमा लेखेका छन् । २००८ को अगस्ट ४ मा ८९ वर्षको उमेरमा मस्कोमा उनको मृत्यु भयो ।


हरिकिसनसिंह सुरजित
भारतका कम्युनिस्ट नेता हरिकिसनसिंह सुरजितको निधन पनि यसै वर्ष भयो । अगस्ट १ मा मुटुसम्बन्धी रोगबाट ९२ वर्षको उमेरमा उनको मृत्यु भयो । उनको मृत्युले भारतीय कम्युनिस्ट आन्दोलनले एक हस्ती गुमाएको छ । सुरजितले भारतको स्वतन्त्रता आन्दोलनमा ठूलो भूमिका निभाएका थिए ।

स्यामुयल हन्टिङ्टन
'क्ल्यास अफ सिभिलाइजेसन' का लेखक स्यामुयल हन्टिङ्टनको मृत्यु २४ डिसेम्बर २००८ मा ८१ वर्षको उमेरमा भएको थियो । उनले सो पुस्तकमा वैचारिक सिद्धान्तका आधारमा नभई संस्कृति, सभ्यता र धर्मका आधारमा अबको विश्व विभाजित हुने उल्लेख गरेका छन् ।

ह्यारोल्ड पिन्टर
अमेरिकी कवि तथा नाटककार ह्यारोल्ड पिन्टरलाई पनि हामीले यसै वर्ष गुमायौँ । उनको मृत्यु २५ डिसेम्बर २००८ मा ७८ वर्षको उमेरमा भयो । उनको साहित्यलाई अंग्रेजी भाषाका महान् साहित्यकार जेम्स जोयस, स्यामुयल विकेट तथा अल्बर कामुसँग तुलना गर्ने गरिएको छ । उनका पछिल्ला नाटक 'वान फर द रोड', 'यासेस टु यासेस एन्ड पार्टी टाइम'मा उनले सरकारले संरक्षण गरेको हिंसा र शक्तिको दुरुपयोगविरुद्ध लेखेका थिए । विगतका केही वर्षमा उनले मानवअधिकार उल्लंघन तथा संयुक्तराज्य अमेरिकाले इराक आक्रमणविरुद्ध बोल्दै आएका थिए ।

स्रोत : नयाँ पत्रिका

2 Comments:

  1. असल व्यतिहरु गुमाउनु नराम्रै घटनाहरु हुन तर तपाईको जानकारी राम्रो छ ।
    स्रोत : नयाँ पत्रिका
    baat bhae pni.
    ReplyDelete
  2. गुमाइसकेका स्रष्टाहरुलाई समबेदना भन्दा अरु के नै दिन सकिन्छ र? उनिहरुको लगनशिलता र प्रेरणाको बाटो हामिंसगै होस सधै । बर्षभरिको जानकारिको लागि धन्यबाद उजेलि साथि ।
    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम