Wednesday, January 14, 2009

न्युटनजीको स्याऊ

.

कुनै सेता छन् , कुनै निला छन्
कुनै साह्रा छन् , कुनै गिला छन्
कुनै होचा छन् , कुनै अग्ला छन्
कुनै बाङ्गा छन् , कुनै सग्ला छन्
कुनै महल छन् , कुनै दुला छन्
कुनै बलिया छन् , कुनै लुला छन्
जस्ता भएपनि खोल्नेका लागि
आफ्ना कलेज साह्रै ठुला छन्
कतिको
गुणस्तर हेर्दै काम्ने छ
कतिको निती छात्रवृतिले डाम्ने छ
आखिरी काम्नेको पनि, डाम्नेको पनि
अन्तिम लक्ष्य
हाम्रै बाबुको खल्ती छाम्ने छ ।


पढाउँछौँ भन्नेको सग्लो छत हुँदैन
सग्लो छत हुनेको पढाउने लत हुँदैन
दुवै दावी गर्नेको
शिक्षा परिषदमा खत हुँदैन
दशौँ वर्षपछिको प्रलोभनमा सेकाउँछन् कसैले
भर्ना नै नगरी खातामा नाम लेखाउँछन् कसैले
कलेजको बिलले ढाड भाँचेर
बुवा कुप्रो पर्नुहुन्छ
मलाई देख्नेबित्तिकै आमा
तर्सेर थुप्रो पर्नुहुन्छ
तेलको भाउ बढ्दा कलेज
मासिक शुल्क बढाउँछ
अरूबेला भ्याकेसन भ्याकेसन भनेर
जाँचको मुखमा
आउट ड्रेसमा एक्स्ट्रा क्लास पढाउँछ ।


मास्टरको भित्र छिर्ने बेला
विद्यार्थीको निस्कने बेला हुन्छ
बाहिर हेर्दा तातो घाममा
सानोतिनो मेला हुन्छ
घरभित्र छोरालाई
पढिस् भन्दा पढेँ भन्छ
रिजल्ट खोइ भनी सोध्दा
भोलि भोलि भनिर’न्छ
क्याम्पस त्यस्ता, पढ्ने यस्ता, पढ्ने किताब हजार पेजको
यहि तालले कसले कहिले विकास गर्ने हाम्रो देशको
कहाँ मतलब हुन्छ हजूर ठाउँमा बस्ने नामीलाई
न्युटनजीले स्याऊ खाएनन् दु:ख दिए हामीलाई ।।।

10 Comments:

  1. वास्तविकता ओकल्नु भएको छ र धेरै राम्रो6 ।
    ReplyDelete
  2. सही छ, न्युटन ले स्याउ नखाएर धेरै दु:ख पाइयो है !
    अनि मैले भोट दिइसकेँ है !
    ReplyDelete
  3. उजेलीको कविता भोट नदिन त मन नै मानेन मेरो , सशक्त ब्यंग भएर कविता नै भईकन पनि ढाँचामा अलि सन्तुष्ट भईनँ म ।
    ReplyDelete
  4. न्युटनको स्याउ त एकदमै बिचल्लिमा पो परेछ ।अब कसरी सपार्ने हो खै?
    ल म त अरु कुरा जे भएपनि मत खसाल्ने पेटिका तिर लागे हो।

    अनि उजेलि जि अर्को पटकको पोस्टमा बिजयको उमंगका शब्दहरु पढन पाउ ल ।
    ReplyDelete
  5. dami cha kabita .. satire pani gazab cha .. newton ko syau le sachi nai dukha diyo sabailai :D
    ReplyDelete
  6. btw maile ni vote diye hai newton ko syaulai :D
    ReplyDelete
  7. शिक्षण संस्थाको विकृति राम्ररी उधिन्नुभएको छ । नेपाली व्यङ्ग्य साहित्यलाई तताउनु पर्‍यो है यसै गरी ।
    ReplyDelete
  8. This is creative!
    Let me cc to Newton...
    ReplyDelete
  9. thanx prabes maile yehi kabita padna khojeko thiyan payan dheri ramro 6
    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम