Friday, January 16, 2009

भावपूर्ण श्रदाञ्जलि इन्द्र लोहनीज्यूप्रति

.

"जय होस !" अब यी शब्द कहिल्यै पनि सुनिने छैन कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम 'कान्तिपुर बहस'का प्रस्तोता इन्द्र लोहनीको मुखबाट । जनताको हक र अधिकारका विषयलाई उठाएर ठूला ठूला व्यक्तिका अगाडि अब ठाडा र घोचक प्रश्न सोध्ने छैनन् उनले । 'जनताले बुझ्ने भाषामा भनिदिनोस् न' भनेर कसैलाई पनि भन्ने छैनन् अनि कोशीपीडितलाई जस्तो हेलिकप्टरबाट डोरी लगाएर तल झरेर उद्धार गर्न पनि पुग्ने छैनन् इन्द्र लोहनी । हाम्रो दुनियाँ र उनकै आफ्नो दुनियाँलाई पनि चटक्कै छाडेर यस धर्तीबाट विलिन भए हाम्रा प्यारा इन्द्र लोहनी । पत्रकारिता जगतले मात्र नभएर समग्र राष्ट्रले नै अर्को एउटा ठूलो घाटा बेहोर्नुपरेको छ आज ।

नेपाल टेलिभिजनमा 'बहस' कार्यक्रम चलाउँदा नै चर्चाको शिखरमा आएका इन्द्र लोहनीले त्यहाँबाट निष्कासित भएपछि कान्तिपुर टेलिभिजनबाट 'बहस'लाई "कान्तिपुर बहस"को नामबाट निरन्तरता दिएका थिए । ठाडा ठाडा प्रश्न सोधेर ठूला ठालुलाई पनि अक्क न बक्क पार्ने उनको कार्यक्रमका बारेमा थाहा नपाउने कमै थिए होलान् । मलाई धेरै मनपर्ने मान्छे थिए उनी । मलाई लाग्थ्यो म पनि यस्तै हुन पा'को भए !!

दिउँसो तीन बजेसम्म आफैँ गाडि ड्राइभ गरेका लोहनीलाई छातीमा अप्ठ्यारो भएपछि करिब ८.10 मा नर्भिक अस्पताल पुर्‍याइएको रहेछ तर डाक्टरले उनको २० मिनेट अगाडि नै हृदयघातको कारण मृत्यु भएको जानकारी दिएछन् । आज मलाई एकदमै नरमाइलो लागेको छ उनको मृत्युको खबर सुनेर................. र योभन्दा धेर लेख्‍न पनि मन लागेन । अहिलेलाई यहिँ बिट मारेँ ल । भावपूर्ण श्रद्धाञ्जलि इन्द्र लोहनीज्यूप्रति !!!

14 Comments:

आकार on January 16, 2009 10:11 PM said...

खै, के भन्ने कस्तो भैरहेछ, मलाई भन्न नै गाह्रो भैरहेछ !
"जय होस" भन्ने शब्द अनि उनको बोली ले सदा को लागि विश्राम लियो ।
हार्दिक श्रद्धान्जली उहाँ प्रति !

Avinashi on January 16, 2009 11:12 PM said...

Vvery saddening..disheartening
we have lost a Jewel

Sadhana Sharma on January 16, 2009 11:25 PM said...

:(

खुल्लामन्च on January 16, 2009 11:35 PM said...

हार्दिक श्रद्धान्जली उहाँ प्रति !

सिकारु on January 17, 2009 12:01 AM said...

भावपुर्ण श्रद्दान्जलि इन्द्र लोहनि जि मा । जय होस उहाको दिबंगत आत्माको ।

me on January 17, 2009 12:15 AM said...

इन्द्र लोहनीज्यूप्रति भावपूर्ण श्रद्धान्जली ब्यक्त गर्दछु!

Sameer on January 17, 2009 1:57 AM said...

हार्दिक श्रद्धाञ्जलि इन्द्र लोहनीज्यूप्रति !

बेदनाथ पुलामी ( उमेश ) on January 17, 2009 2:16 AM said...

मेरो पनी हार्दिक श्रद्धान्जली इन्द्र लोहनीज्यूप्रति

Basanta Gautam on January 17, 2009 3:14 AM said...

हार्दिक श्रद्धाञ्जली इन्द्र लोहनीज्यूमा उहाँको परिवारप्रति हार्दिक समवेदना!

देशले आफ्न होनहार सन्ततिहरु गुमाएको बाहेक अरु खबर सुन्न नपाईने भयो!

deepa on January 17, 2009 8:17 AM said...

भगवान उनकी आत्मा को शान्ति प्रदान करें।

anillllllll said...

ya he was one of the most impressive journalist of Nepal i have ever seen and his death is a kind of unbearable loss in the field of nepali journalism.....heartfelt condolence to him may his soul rest in peace..............

KATUWAL on January 17, 2009 11:33 AM said...

Im Shocked...............

HEARTFELT CONDOLENCE From my side....

दीपक जडित on January 17, 2009 12:37 PM said...

हार्दिक श्रद्धाञ्जली !!

IT Freak on January 27, 2009 4:15 PM said...

हार्दिक श्रद्धाञ्जली इन्द्र लोहनीज्यूमा !

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

-- Copyright © 2009 गफगाफ डट कम