'छन्दको सुगन्ध'बाट सुनौँ छन्द कविता"भोका र नाङ्गा उठ"
साहित्यको क्षेत्रमा सबैभन्दा कठिन मानिएको बिधा छन्द हो । लेख्न पनि कठिन अनि वाचन गर्न पनि । इकार, ऊकारलगायत साना साना कुरालाई पनि निकै नै ध्यान दिएर अनि नियममा बाँधिएर लेख्नुपर्ने भएकाले आज छन्दलेखनमा सानो जमात मात्र क्रियाशील छ । कतिले झन्झट मानेर शुरूवातै गर्नुभएको छैन भने कतिले चाहेर पनि छन्दमा उपस्थिति जनाउन सक्नुभएको छैन । एकअर्थमा भन्दा छन्द लोप हुने अवस्थमा आइसकेको छ । यसै क्रममा साहित्यकार अनिल पौडेलले छन्दको संरक्षण साथै विकास गर्नका लागि 'छन्दको सुगन्ध' नामक अडियो एल्बम केहि समय अगाडि बजारमा ल्याउनुभएको छ । केहि समय पहिला भन्दा पनि ३-४ वर्षै पो भइसक्यो । यस अडियोमा १९ कविका १५ छन्दका कविता रहेका छन् । कति कविले आफ्ना कविता स्वयम् वाचन गर्नुभएको छ भने केहि कविले अन्य कविका कविता वाचन गर्नुभएको छ । तपाईँहरूलाई अब म यहि 'छन्दको सुगन्ध'बाट क्रमश कविताहरू राख्दै जानेछु । आशा छ तपाईँहरूले पक्कै पनि मनपराउनुहुन्छ होला । शुरूवातको क्रममा कवि अनिल पौडेलको 'छन्दको सुगन्ध'को उदघोषणका साथै कवि युद्धप्रसाद मिश्रको कविता शार्दूलबिक्रिडित छन्दमा कवि प्रतिभा शर्माको आवाजमा पस्केको छु ।
कविता भन्दा नि उद्घोषण राम्रो लाग्यो मलाई त!! झन् मीठो सुनिएको रैछ, "कवि अनिल पौडेलज्यू" को स्वर !! उहाँले नै लेखेका कविताहरु पनि पोष्ट गर न है उजेली । " मृत्यूपनि मान्छे पिच्छे फरक हुँदो रैछ, देशभक्त छोरो मर्दा देशै रुँदो रैछ" यो गीत उहाँले नै रच्नु भएको होइन ?
( Sorry but I had to delete the above comment :-))
सुन्दर कविता सुन्दर आवाजमा सुन्न पाउँदा खुशी लाग्यो। धन्यबाद! हुर्कने क्रममा साहित्यिक वातावरण खासै नपाएकोले छन्दको बारेमा खासै ज्ञान भएन। छन्दमा लेखिएका कविता पढ्न भने निकै मनपर्छ, तर पढ्ने पनि विशेष तरिका हुन्छ भनेपछि मेरो पढ्ने तरिका गलतै छ होला।
एस.एल.सी. पछिको बिदाको ६ महिनामा कृष्ण प्रसाद पराजुलीज्यूको 'राम्रो रचना, मिठो नेपाली' भन्ने किताबमा आधारित भएर छन्द सिक्ने कोशिश गरेको थिएँ तर खासै अगाडि नबढी टुंगियो त्यो यात्रा। त्यसैले मैले जानेको भनेको 'मनपरी छन्द' मात्रै हो:) मौका मिल्दा छन्द सिकेपनि हुने हो, तर बूढो भईसकियो:)
धन्यवाद सुनिदिनुहुनै सबै आदरणीय दाइदिदिहरूमा ! यस अडिया एल्बममा १९ वटा कविता छन् जसमध्ये हामीले एउटा मात्र सुन्यौँ अहिले । म क्रमश: १९ वटै कविता राख्नेछु । आशा छ यहाँहरूले यसरी नै माया गरेर सुनिदिनुहुन्छ होला । फेरि पनि धेरै धन्यवाद सबैजनालाई !
यो सबै सुनिसकेपछि केहि त पक्कै सिक्न सकिन्छ जस्तो लागेको छ । धन्यवाद है उजेलीजी अनि धन्यवाद अनिल पौडेलज्युलाई जस्ले यो स्तुतियोग्य कार्य सम्पादन गर्नुभयो ।
कमेन्ट गर्ने सजिलो तरिका : - तल बक्समा आफ्नो कमेन्ट लेख्नुस् - comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस् - तल रहेको Name/URL क्लिक गर्नुस् - आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस् - Post Comment क्लिक गर्नुस् !!
About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students
Your GufGaf
Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com,
saxam@gufgaf.com
11 Comments:
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!