Wednesday, March 04, 2009

माधव नेपाल – अग्रगामी पतनतर्फ


१५ वर्षसम्म नेकपा एमालेलाई अग्रस्थानमा राखेर नेतृत्वदायी भूमिका निभाएका तत्कालीन् महासचिव माधवकुमार नेपाल विस्तारै पतनको बाटोतर्फ उन्मुख हुँदैगएको भान सारा नेपालीलाई हुँदै गएको छ । तत्कालीन् महासचिव मदनकुमार भण्डारीको हत्यापश्चात् अनपेक्षित रूपमा एमालेको बागडोर सम्हाल्न पुगेका नेपालले मदन भण्डारीको कमीको महसुस नेपाली कम्न्युष्ट राजनीतिलाई हुन नदेलान् भन्ने सारा वामपन्थीको अपेक्षामा पानी हाल्ने काम मात्र गरे । सारा परिवर्तनधारी क्रान्तिकारी नेपालीको आस्थाको धरोहरको रूपमा उभिएको तत्कालीन् सबैभन्दा शक्तिशाली कम्न्युष्ट पार्टीलाई अवसरवादी, सत्तालोलुपको उपमा भिराउने काम मात्र गरेनन् पार्टीलाई गुटको राजनीति र फुटको अभ्यासबाट पनि जोगाउन सकेनन् । संविधानसभाको निर्वाचनमा बेहोरेको लज्जासपद् पराजयपश्चात् नैतिकताको आधारमा पार्टीको नेतृत्व झलनाथ खनाललाई हस्तान्तरण गरेर कमाएको इज्जतलाई आफैँले टिके सभासद् भएर जमिनमुनि गाडे । लाज पचाएर संविधन निर्माणका लागि जनतासामु पुगेका नेपाल चढेको गाडि आज आन्दोलनकारी थारूहट राज्यका कार्कर्ताले तोडफोड गरेपछि उनको इज्जत र उचाइमा नै प्रश्न उठेको भान हुन थालेको छ ।

नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला कतै जाँदा राजाको जस्तो सवारी गर्ने सुरक्षा निकाय माधव नेपालको गाडिमा तोडफोड हुँदा पनि मुखदर्शक बनेपछि राष्ट्रिय क्षेत्रमा पनि उनलाई कम आँक्न थालिएको हो कि भन्ने भान हुन थालेको छ । संविधानसभाको निर्वाचनमा जनताबाट नपत्याईएका नेपाल आफ्नै पार्टीका कार्यकर्तामाझ पनि त्यति लोकप्रिय नभएको सन्देश नेकपा एमालेको आठौँ महाधिवेसनबाट अगाडि आइसकेको छ । सहमतिको खोल ओडाएर अध्यक्षको पदमा उम्मेद्वारी दिन आँट नगरेका नेपालले समर्थन गरेका केपी ओली पनि पराजित भएपछि पार्टीमा पनि उनको पकड कमजोर हुँदै गएको देखिएको छ । कुनैबेला सिङ्गो कम्न्युष्ट जनताका नेता भएका नेपालले अल्पायु(उनको उमेर अझै पनि राजनीति गर्नका लागि पाको भइसकेको छैन)मै त्यहाँबाट यहाँ आइपुग्नेबारे शायदै सोचेका होलान् ।

संविधान मस्यौदा समितिको संयोजक भइसकेपछि पनि खासै व्यक्तित्व र प्रभुत्व जमाउन नसकेका नेपाल उमेरले ६० पनि नटेक्दै वरिष्ठ नेता हुने भएका छन् । कसले सोचेको थियो होला त्यस्तो मान्छे यस्तो होलान् भनेर ! साँच्चै नै नेपाली राजनीतिमा व्यापक पतनको शृङ्खलामा उनको नाम सबैभन्दा अगाडि आउने हो कि यसो कुरो बुझ्दा ?

कार्टुन : राजेस केसी (http://www.rajeshkc.com/cartoons/)



Post a Comment

3 Comments:

Basanta Gautam said...

एमालेलाई गोल्खाडी गराउन सबैभन्दा ठूलो हात यिनकै हो। वर्षौंसम्म सबैभन्दा जिम्मेवार पदमा बसेपछि सफलता-असफलताको जस लिनै पर्छ यिनले।

नेताहरु जति पातकी लागेपनि मलाई के लाग्छ भने देशको उज्जवल भविष्यको लागि एमाले र कांग्रेस शुद्धीकरण हुनु र फेरि प्रभावशाली हुनु जरुरी छ, नत्र देश यो वा त्यो तानाशाहीको खाल्डोमा जाकीने वा बिखण्डनको बाटो लाग्ने प्रवल सम्भावना छ। एमालेका हकमा, गएको महाधिवेशनले केन्द्रमा थुप्रै युवाहरुलाई ल्याएकाले केहि गतिलो बाटो लिन्छ कि भन्ने आशा छ। अहिलेलाई यो आशा मात्रै हो, हेरौं समयले के देखाउँछ।

सिकारु said...

नेपाली राजनितिको ईतिहासमा केहि हदसम्म नाम कमाइसकेका नेपाल किन फेरि यसरि पतनको बाटो तिर भाषिदैछन? पक्कै यो असक्षमताको कमाई नै होला जस्तो मलाई पनि लाग्छ । हेरौ अब बर्तमान परिपेक्षमा नयाँ पुस्ता र महाधिबेशन पछिको राजनितिले कस्तो गति लिन्छ । अनि माधव नेपाल प्रतिको हेराइमा पनि कस्तो धारणा जन्माउछ त ।

बेदनाथ पुलामी ( उमेश ) said...

हुन त उनी यस्तो अबस्था मा पुग्नु उनको आफ्नै रवैया ले गर्दा पनी हो तर कता कता तपाइको यो पोस्ट हेर्दा तपाई मा पनी यी नेता प्रति देष पलाएर आएको गन्ध पाए ।
प्रवेश पौडेल "उजेली" .... यानी उजेली लाइ विलय हुन नदिनु भएकोमा धन्यबाद !

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 
Hast for Allaclick