Wednesday, March 18, 2009

कति पियौ

-नम्रता गुरागाईं, मोरङ्ग, हाल युए

नीलाइ बोलायौ कि आफैमात्र पियौ
गाली गरी पन्छायौ कि अलिकति दियौ

साथी भेटदा पियौ धेरै नभेटेनी पियौ
रित्ता बोतर भन्दैथिए तिमी मात्र थियौ
एक्लै एक्लै बाच्ने भए किन पीर लियौ
रिसाएर हो कि कतै खुसाएरै पियौ 

पिउने बानी रैछ तिम्रो बहाना पो कति
धेरै पिए आफै सोच कस्तो हुन्छ गती
विगतलाइ संझीएर किन आज दुख्छौ 
आजलाइ दुखाएर कस्तो भोली लेख्छौ

मनको कुरा भन्नलाइ किन पिउनु पर्यो
रित्याएर आफैलाइ किन जिउनु पर्यो
मायालुलाइ भेटेर कि नभेटेरै पियौ
मन भांची पन्छियौ कि उनीसंगै थियौ

10 Comments:

  1. मलाई त एकदमै मनपर्‍यो यो कविता !! २-३ पटक पढेँ मैले त !! कस्तो राम्रो !! अझै पठाउँदै गर्नु ल यस्तै राम्रो कविताहरू !!
    ReplyDelete
  2. मलाई पनि प्रबेश जी।।

    धन्यबाद नम्रता जी ।
    ReplyDelete
  3. कहिले सम्झेर पिए, कहिले तड्पेर पिए
    पखाले आँखाहरु तिमीलाई बिर्सन पिए
    थाहा थियो बिग्रदै छु म आजभोली
    के गर्नु नशा पर्‍यो त्यसैले त पिए

    राम्रो छ लेख्दै गर्नु है
    ReplyDelete
  4. ताल परे, हर्कका नि, आँशु बग्छ, भन्छन
    ख़ुशी हुँदै, पियौ की, दुखी हुँदै, पियौ ?
    दुखी हुँदै, पियौ भने, पीडा मात्र, पियौ
    ख़ुशी हुँदै, पियौ भने, सारा जीवन, जियौ..
    ReplyDelete
  5. नम्रता गुरागाईँको त एकताका म फ्यान नै थिएँ, जतिखेर गरिमा मासिकमा उहाँका चोटिला कविता प्रकाशन हुन्थ्यो । युवा नारी सर्जकमा उहाँकै कवितामा शैली र विषयगत वैशिष्ट्य भेट्थेँ । तर पछि एकाएक उहाँ हराउनुभयो । अन्तरालमा थाहा पाइयो- उहाँ डायस्पोराको कवि भइसक्नुभयो । अस्ति विश्व वेभक्याम प्रतियोगीताको विजयी नाममा फेरि उहाँ झुल्किनुभयो, त्यसअघि कविताकृतिको विमोचनको खबर पनि सुनियो । आज प्रवेशजीको ब्लगमा उहाँको लयात्मक कविता पढ्न पाउँदा धेरैअघिदेखिको तिर्खा मेटियो । समय घुमेर पुरानो बाटोमा त जाँदैन, र पनि अझ म त उहाँलाई उही गरिमाकालीन कविताको लागि आग्रह गर्छु ।
    ReplyDelete
  6. वाह! वाह!! साह्रै मिठो कविता सुनाउनुभयो नम्रताजी!
    ReplyDelete
  7. पुरै कविता जोडदार छ त्यसमा पनि:

    मनको कुरा भन्नलाई किन पिउनु पर्‍यो
    रित्याएर आफैंलाई किन जिउनु पर्‍यो


    भने खुव चीत्त बुझ्ने लाग्यो मलाई त!
    ReplyDelete
  8. मनको कुरा भन्नलाई किन पिउनु पर्यो
    रित्याएर आफैलाई किन जिउनु पर्यो
    वा वा वा ................ कति गजब को भाव .... नम्रता गुरागाई लाइ साधुबाद !
    साह्रै रसीलो लाग्यो ..... बेला बेला मा यसरी नै आउदै गर्नुस .... अनि प्रबेश जी लाइ पनी धन्यबाद ... यस्तो स्वाद चाखाउनु भएको मा ।
    ReplyDelete
  9. Namrata GuragainMar 20, 2009 10:35 AM
    Dear Writer/Reader
    Thank you very much for your time to see my geet. I am trying to write your feeling. Please send me your suggestion about my writing which can help me to write the best.

    Thanks once again.
    Namrata
    ReplyDelete
  10. नम्रता जी,
    नमस्कारम ,तपाइको कबिताहरु गीतहरु मलाई
    अतिनै मन पर्छ। जहाँ प्रकासित हुन्छ त्यहा
    म पुगेकै हुन्छु। प्राक्रिती का भिन्नता को फाईदा
    उठाएर महिलालाई पराजित गर्न खोज्ने मानसिक्ताका
    पुरुषहरु पनि समाजमा छ्यास्छ्यस्ती भेटिन्छन्।
    तिनिहरुलाई प्रहार गर्दै अगाडि बढी रहनु होला।
    नयाँ बर्ष २०६६ को पुनित अबसरमा शुभ कामना।
    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम