Wednesday, April 01, 2009

गालीको पहाड

'नेपाल' साप्ताहिकको दुई अङ्कअगाडि मेरो बुवाको यो कविता छापिएको रहेछ । थाहा पाएकै थिएन । यसो खोज्दै जाँदा फेला पारेँ । निकै सान्दर्भिक रहेछ । अनि यो पस्किने जमर्को गरेँ ल ।



गालीको पहाड

- अनिल पौडेल, मोरङ्ग

त्यसलाई समात
पछार
जमिनमा झार
दाँत छन् भने दाँत उखेल
कपाल छन् भने कपाल उखेल
हात छन् भने हात भाँच
खुट्टा छन् भने खुट्टा भाँच
ढाडमा टेक/टाउकोमा हान
बल गरेर टुप्पीमा तान,
यो नजाती
यो मख्खिचुस
यो विश्वासघाती
यो जासुस,
अस्ति
हिजो आउँछु भन्यो
हिजो
आज आउँछु भन्यो
आज-
भोलि आउँछु भन्छ
आइहाले पनि
नागढुंगामा उक्लिएको
भारी ट्रकले जस्तै कन्छ ।

सरम छैन
लाज छैन
यसको कुनै कामकाज छैन,
साम्राज्यवादी यो
विस्तारवादी यो
'र'को एजेन्ट
विश्वासघाती यो,
मान्छे भेला गर्छ
र भाषण छाँट्छ
पहिले आउँछु भन्छ
र पछि ढाँट्छ ।

ढुंगाले हान
जुत्ताले हान
झटारो, गुलेली, मुक्काले हान
त्यसको बिहे देखाई देऊ
डर देखाइदेऊ
कानमा उचालेर मामाघर देखाइदेऊ
चिच्याओस्
कराओस्
बरु सातो हराओस्,
उठ्-बस गराऊ
सयपल्ट गन
मुट्ठी कसेर सबले भन-
'साला लोडसेडिङ्' ।

12 Comments:

  1. अस्ति पढेको थिँए, "नेपाल" साप्ताहिक मा !
    निकै सारो दनक रहेछ, म पछि हाँसेको हाँसेकै भएको थिँए, गाली को पहाड सम्झेर !
    हाहाहा
    ReplyDelete
  2. दामी कविता पढ्न पाईयो। टाँसेकोमा प्रवेश भाइलाई धन्यबाद! अचेल 'नेपाल' पढ्नै भुलिराखेको रहेछु मैले त:)

    अनिल पौडेलज्यूका अरु कवितापनि यस्सो राख्दै गरुम् न है!
    ReplyDelete
  3. सान्दर्भिक कविता । निकै रमाईलो लाग्यो । 'नेपाल'मा दोहोर्‍याएको कविता फेरि पढ्ने जोहो मिलाइदिनुभएछ । अब उपायनास्तीको अवस्थामा रहेपछि हाम्रो लागि गाली र सरापकै सहारा मात्र बाँकी बचे जस्तो छ ।
    ReplyDelete
  4. शुरबाट पढ्दै जाँदा 'हैन यो गाली कसलाई हो त!' भन्ने कौतुहल बढ्दै गयो।

    अन्तमा
    साम्राज्यवादी
    विस्तारवादी
    'र'को एजेन्ट

    समेत रहेको को रहेछ भन्दा
    'लोडसेडिङ' देखेपछि भने खुब हाँसो लाग्यो ।
    ReplyDelete
  5. म त यो गाली नेतालाई नै होला भनेर सोच्दै पढदै थिए अन्त्यमा त लोडसेटीङ पो ।। गजबै लाग्यो ।
    ReplyDelete
  6. दिलीपजीले भन्नुभए झैं म पनि साह्रै उत्सुक हुँदै यो गाली कस्लाई रहेछ भन्दै पढ्दै थिएँ । अन्तिममा पुग्दा साह्रै चित्त बुझेर हाँसे म पनि । धन्यवाद अनिल पौडेल दाइको कविता राख्नुभएकोमा ।
    ReplyDelete
  7. अनिल सरको चुलोमाथिको काँचो भात,डेरा सरेको पहिलो रात भन्ने कविता धेरै अघि उहाँकै स्वरमा प्रत्यक्ष सुन्न पाएको थिएँ । अाज फेरी उहाँको यो कवितामा हाम्रै मनको कुरा पढ्न पाएँ । प्रवेश दाइलाइ धन्यवाद
    ReplyDelete
  8. राम्रो झापड दिनुभएको छ, लोडसेडिङलाइ तर यसलाइ जति गाली गरे नि कम नै हुन्छ ।
    ReplyDelete
  9. पेटनै दुख्यो यार मेरो त यो कविता पढ्दा पढ्दा । खासै कविता वुझ्ने मान्छै त होइन तर यो कविताको मज्जा नै छुट्टै छ । धन्यवाद छ प्रबेश भाइको ड्याडिलाई ।
    ReplyDelete
  10. Nikai raamro laageko kabita ho .. (Chewaimaa mero kabita pani ta chaapieko thyo ni !! hehe)
    ReplyDelete
  11. अनिल जी को कबिता पढे। भित्र बाट नै हासे, खित्का छोडेर
    नहासेको धेरै भएको थियो। प्रबेस जी, यस्तै यस्तै बाबा को
    कबिताहरु टास्तै जानुहोला। नयाँ बर्ष २०६६ को मंगलमय शुभकामना।
    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम