Saturday, April 04, 2009

अब हाम्रो पालो

देश कता-कता
खोलाको पानीजस्तो लाग्छ ।
कहिल बिस्तारै बग्छ
कहिले गाँवै बगाएर लग्छ
कहिले छाँगाबाट खस्छ
कहिल ढुङ्गामा अल्झन्छ
अनि पुरानो घाउ बल्झन्छ
जरो गाडेर बेला बेला दु:ख दिने
यस्ता घाउ फाल्न मनलाग्छ
मलमपट्टी लगाएर टाल्न मनलाग्छ
मेरो देशलाई आज
रूढीवादी घाउहरू बल्झेको छ
ती घाउहरू फालेर
नयाँ नेपाल बन्छु कि
भन्ने आशमा अल्झेको छ ।

राष्ट्रपति पाएँ भनेर रमाउँछ देश
प्रधानमन्त्री पाएर दशैँ मनाउँछ देश
तर
घाउ बिसेक पारिदिने
संविधान नबन्ला कि भनेर
खुट्टो कमाउँछ देश
हाम्रा खोलाजस्तै
भारतमा बिलाउँछु कि भनेर
च्याप्प पारेर हाम्रो हात समाउँछ देश ।

अब हाम्रो पालो...............

6 Comments:

  1. सार हराएको देशमा
    हार हुदैछ स्वाभिमानीहरुको
    हाती आयो आती आयो ...जस्तो हुदैछ ...
    खोई कूनी हो ... प्रबेश जी
    झार को नाममा
    मार खादै'छौ - हामीले
    -हुन त पालो हाम्रै हो |
    ReplyDelete
  2. यो बौलाएको देश,
    दिउसै टुन्न हुने गरी
    रक्सी पिएर मात्तिएको देश
    आफन्त बिचमै काटमार
    हत्या, हिंसा, आतंक फस्टाएको देश
    जुझारु आन्दोलनकारीहरुको देश
    यो टालो हराएको देश
    यो पालो हराएको देश मा
    खोइ के पालो पाईएला र? प्रबेश जि ..
    ReplyDelete
  3. माथि पुग्न सबैको पालो मिचिन्छन् यहाँ ।
    पालो पर्खिबस्ने जति हूलमै किचिन्छन् यहाँ ।
    ReplyDelete
  4. पालो त हाम्रै हो, तर रिटायर्ड बएका र डेट एक्सपाएर भएकाले पहिला 'पालो' छाड्नु पर्‍यो नी!।

    कविता भने एकदमै चित्त बुझ्ने लाग्यो मलाई ।
    ReplyDelete
  5. प्रबेश जी मैले त भनिसकेको छु मेरो अघिल्लो पोस्टमा अबको पालो युवाको भनेर गजल मार्फत्। त्यसैले तपाइको कुरामा १००% सहमत राख्छु । अबको पालो खुइलीएका तालु लिएर लौरोको सहायताले सिंहदरवार धाउनेको होइन हाम्रो हुनुपर्छ ।
    ReplyDelete
  6. सिकa रु जी को भनाइ प्रती म मन खोलेर
    सहमत गर्न चाहन्छु। बेसाहरा, बकम्फुसे,
    तोरीलाउरे नेता भनौदाहरु को कुरै नगरौ कि कसो? प्रबेश भाई ?
    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम