Wednesday, April 22, 2009

"वातावरण"मा 'कालोमोसो'को कुरा ??


सञ्चार क्षेत्रमा धमाका मच्चाउने उद्देश्यले स्थापना भएको 'नागरिक' पत्रिकाको अनलाइन संस्करण हेर्दै जाँदा रमाईला रमाईला देश विदेशका समाचार हेर्न अनि पढ्न पाइयो । यसो हेर्दै जाँदा त 'वातावरण' भन्ने ट्याबमा त त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहितका पदाधिकारीलाई कालो मोसो दलेको समाचार मुख्य रूपमा राखेको रहेछ । उपकुलपतिलाई कालोमोसो दलेको समाचार 'वातावरण'अन्तर्गत पर्छ ?

मैले नबुझेको कुरा देशभरिका सबैभन्दा राम्रा र सक्षम भनिएका पत्रकारले गरेको यो काम साँच्चै नै सहि हो कि मलाई मात्र गलत लागेको हो ? यदि मलाई लागेको कुरा ठिकै हो भने, नेपालको सबैभन्दा दक्ष पत्रकारको अवस्था यहि हो त ?




Post a Comment

10 Comments:

प्रबिण थापा said...

नेपालका पत्रकारका के कुरा गर्नु प्रबेश जि! यहाँ कताबाट हुन्छ यसो २-४ हरफ लेख्न पाए के के नै भइन्छ भन्ने मानसिकाता बोकेका पत्रकारहरु छन। पत्रकारको धर्म, सिमा र आफ्नो लेखले आम जनमानसमा के कस्तो किसिमको असर पार्छ मुल्याङ्कन नै नगरी समाचार प्रकाशन, प्रशारण भई रखेका हुन्छन। कथित २०४६ आन्दोलन पछी नेपालमा आमुल परिवर्तनको ढोका खोल्न सक्षम पत्रकारिता क्षेत्र वा आम संचारको क्षेत्र भनेर हौवा फैलिएको छ के परिबर्तनको सही अर्थ नकारात्मक र आम जन्मानसमा बित्त्रिष्णा फैलाउने समाचार प्रकासित हुनु हो भने मेरो भन्नु केही छैन तर होइन भने नेपालमा सबभन्दा बढी मनोबैज्ञानीक रुपमा बन्द, हड्ताल, दङगा फैलाउने क्षेत्र भनेकै पत्रकार जगत हो। जनतालाई सुचित गर्ने काम पत्रकार जगत र संचार माध्यमको हो तर कसरी सुचित गर्ने भन्ने कुरा मात्र फरक हो। के राज्यको चौथो अङग भनेर नाक फुलाउदैमा जे मनपरी गर्न पाईन्छ? राष्ट्रियता र जनताको समुन्नत प्रगतिको लेख राष्ट्रको यो बिषम घडीमा किन लेखिदैन? प्रजातन्त्र र सही राजनीतिक सस्कार सिकाउने पाठ पत्रकारले कहिले लेख्नलाई सा चेका हुन? सधैं ति भष्ट्रचारी नेताहरुको गुणगान गाउन भनेर पत्रकारिता क्षेत्रमा प्रबेश गरिएको हो?
किन लेखिदैन भात्रित्व र भाबनात्मक सम्बन्ध नेपालीहरुमा बढाउने लेखहरु? यस्ता हजारौ गहकिला प्रश्न तेर्साउने बेला भएको छ यो जगत प्रती?
यहाँ मान्छे मारिएका कुरा, बन्द हड्तालका कुरा, तोड्फोड्का कुरा ठुलो अक्षरमा पहिलो पानामा छापिन्छ तर माहाबिर पुन, पुष्कर शाह जस्ता अनुकरणिय व्यक्तिका बारेमा केही लेखिदैन किन? किन लेखिन्छ सधैं जनतामा आक्रोस, प्रतिसोध फैलाउने लेखहरु सोच्ने बेला भएको छ?
मेरो बिचारमा त यो लेख नै होइन, यो त उही आंतक,त्रास फैलाउने माध्यम मात्र हो।

aAkaR said...

मेरो विचारमा लाग्छ, त्यहाँ ट्याग या भनौँ लेवल नै त्यहीअनुसार गरिएकोहोला । राजनिति, शिक्षा, वातावरण सबैकुराहरु नै समेटिएकोले त्यसो गरिएको होला, हेर्ने नै हो भने, त्यसपछि का समाचार पनि त्यस्तै छन्, पुर्णत राजनिति सम्बन्धि । यसका साथै, त्याँ टायर सायर बालिएको कुरा छ, जसले वातावरण प्रदुषित पार्छ । अब यसरी नै बुझ्नुपर्ला, यसकुरालाई चाँहि !

Milan said...

यो चाहीं मलाई नि अनौठो लाग्यो...

Basanta Gautam said...

कालो-मोसो पनि प्रदूषण नै हो प्रवेश भाइ:)

भर्खर-भर्खर शुरु भएकोले सम्बन्धित समाचार नपाएर राखिएको होला। 'नागरिक' को अनलाइन संस्करणको स्वरुपचाहिँ मलाई राम्रो लाग्यो।

Dilip Acharya said...

अब यसलाई यसरी बुझ्नु पर्ला :
वातावरण पनि धेरै प्रकारका हुन्छन । पहिलो कुरा त माथि वसन्तजीले भन्नु भएजस्तै कालो मोसो प्रदूषण नै हो , फेरी यो कालो मोसो प्रकरण पछि "शैक्षीक वातावरण" पनि त धमिलिएको छ नि कसो!

सिकारु said...

साथिहरुले भनेझै "कालोमोसो" नाम भएकोले वातावरण अन्तर्गत राखेको होला नि । तर आकारजी को कुरा पनि ठिकै लाग्यो ।

शेखर के सी said...

बढो चलाख हुनुहुदोरहेछ प्रवेश भाई त । ठिक छ गल्ति पर्दाफास गरेपछि पो होसियार रहन्छन त नेपाली मिडियाहरु ।

>Jotare Dhaiba< said...

अन्नपूर्ण पोष्‍ट दैनिकले सातै दिन फरक-फरक विषयमा परिशिष्टाङ्क निकालेपछि त्यसको प्रवर्द्धनका लागि 'गजब है गजब छ' भनेर विज्ञापन बनाएको थियो । यो गजब छ उता भर्खरैको 'नागरिक'को चालमा पो लागू भयो जस्तो लाग्यो मलाई ।
नियमित प्रकाशनको पूर्वसन्ध्यामा निकालिएको नमूना अङ्कमा पनि प्रशस्तै वर्णविन्यासगत र भाषिक त्रुटि गरेको छ 'नागरिक'ले । यो त्रुटि गरेको हो कि भएको हो, घघडान सञ्चारकर्मीको डफ्फा भएको उसैले जानोस् । नमूना अङ्क भनेर हेपेको हो कि कुन्नि ! अनलाइनमा पनि 'रिक्त स्थान पुरयेत'को शैली अपनाएर छुट्याइएको 'ट्याग' सजाएको होला । के थाहा, नयाँ अवधारणाको पत्रकारिताअन्तर्गत 'वातावरण' लेवलमा देशको समग्र वातावरण पस्किने प्रयास हो कि ? :)

Nijgadh said...

मजा लाग्यो पढ्दा keep it up blogging

B.J. Dummali said...

बिचरा! भण्डाफोर गर्न उभिएको बेला के भन्छ हेडिङनै अर्का तिर परिदियो होला उजेली जी।

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 
Hast for Allaclick