Tuesday, May 05, 2009

वास्तवमा परिवर्तनकारी रहेछन् माओवादी


अपडेट : भर्खरै बसेको व्यवस्थापिका संसदको बैठकमा माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले बोल्दै राष्ट्रपतिले माफी नमागेसम्म र रूक्माङ्गत कटुवाललाई नहटाएसम्म नागरिक सर्वोच्चता नरहने जिकिर गरे । साथै उनले सैनिक सर्वोच्चताको यो घडिमा नागरिक सर्वोच्चता स्थापना नभएसम्म सदन पनि चल्न नदिने र नयाँ सरकार पनि बन्ने नदिने धम्की सबै सभासद्लाई कान खोलेर सुन्न आग्रह गर्दै माओवादी सभासद्ले रोष्ट्रम घेराऊ गरे ।
**************************************************************************************************************
प्रचण्ड थैवको हत्या हुँदा नेकपा एमालेले सदन अवरूद्ध गर्यो । माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ठूलो दु:ख व्यक्त गरे शान्तिप्रक्रियाप्रति एमाले गम्भीर भएन भनेर । आफ्नो बाह्रबुँदे लागु भएन भनेर अनि रूक्माङ्गत कटुवाललाई निकाल्नु हुँदैन भनेर कांग्रेसले सदन अवरूद्ध गर्यो । त्यतिबेला त प्रतिकारमै उत्रिए माओवादी सभासद् सदन अवरूद्ध गर्न पाईँदैन भनेर । संविधान निर्माणमा सबैले ध्यान पुर्याउनुपर्छ भनेर सबैलाई चेतना बाँड्दै हिँडे अनि वाईसिएल लगाउँदै जनता मार्दै हिँडे पर्दापछाडि । प्रचण्ड थेवेको हत्यारा सुजित विकलाई क्यान्टोन्मेन्ट हुँदै नेताको आश्रयमा राखे र देशमा दण्डहीनताको अन्त्य हुनुपर्छ भन्दै रट लगाउँदै हिँडे । आफ्नो समर्थक हुल्ने ठाउँ काहिँ नपाएर पशुपतिको पुजारीमा समेत आफ्ना मान्छे हुले र भारतबाट एउटा दुत आउनेबित्तिकै लुरूक्कै निर्णय फिर्ता गरे । कति परिवर्तनकारी हुन् त माओवादी !! कसैले यस्तो गरेको थियो सत्तामा पुगेर ?

हाम्रो मुख्य ध्येय भनेको संविधान निर्माण हो भन्दै हिँडे र अरु दलले संविधान निर्माणमा सहयोग नगर्दै सदन अवरूद्ध पारेकोमा दु:ख पनि व्यक्त गर्न भ्याए । सत्तामा हुँदा आफ्नो पार्टीजस्तो संविधान निर्माणमा कटिवद्ध कोही छैन भने झैँ गरेर बोल्न थाले । सानातिना बन्द र हड्तालले गरेर देश खत्तम भयो भन्दै त्यस्तो हड्तालको विपक्षमा उभिए । अनि जनतालाई लाग्यो ओहो ! माओवादी त साँच्चै परिवर्तनकारी शक्ति रै'छ । जनताको म्याण्डेटलाई बुझेको पार्टी भनेको माओवादी मात्रै रहेछ ।

दुई-चार दिन के यस्तो लागेको थियो जनतालाई अब सरकारबाट बाहिरिएपछि निरन्तर सदन अवरूद्ध र सडकबाट आन्दोलन थाल्ने निर्णय माओवादीको सचिवालयले गरेको छ । कस्तो परिवर्तनकारी रहेछन् त माओवादी ? देशलाई होइन शक्ति हत्याउनको लागि आफैँ सर्पले जस्तै काँचूली फेर्दै वास्तवमै पर्लक्कै परिवर्तन हुन सक्ने शक्ति रहेछन् माओवादी !!


5 Comments:

  1. यो सबै, कुर्सी को चमत्कार हो रै'छ ।

    ReplyDelete
  2. 100% right, यो कुर्सी कै खेल हो !!

    ReplyDelete
  3. kursi le nai power diye pachhi k garos ta netaa haru?

    ReplyDelete
  4. आफ्नो दुनो घोप्ट्याउन खोज्दा या घोप्टिन लाग्दा हेरेर या चूप लागेर बस्ने को पो होला र? अनि यही प्रवृत्तिबाट यी खुंखार क्रान्तिकारी र परिवर्तनकारीको बिल्ला भिरेका माओवादी मात्रै अछुतो रहलान् भनेर विश्वास गर्नु पनि खै के???? भनेझैँ। अनि लास्टाँ त्यही भो भन्ने बाहेक केही हुन्न।

    ReplyDelete
  5. देशको हैन आफ्नो सोच्ने पाको बेलामा ।। अनि कसरि हुन्छ परिवर्तन् सबै उस्तै ।

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम