Wednesday, May 06, 2009

नेपालमा बाँच्ने न्यूनतम आधार : माओवादी सदस्यता

शान्तिप्रक्रिया प्रति पुर्ण प्रतिबद्धता र लोकतन्त्रको रक्षाको लागि सबैलाई हदैसम्मको बलिदानी दिन आग्रह गर्दै माओवादी अध्यक्षले सरकारबाट राजीनामा दिएको भोलिपल्ट रामेछापमा माओवादी कार्यकर्ताले एमाले, कांग्रेसका नेतालाई गाउँ छाड्न धम्की दिएछन् । त्यतिमात्रै कहाँ हो र एमालेको कार्यलय पनि पूर्ण रूपमा ध्वस्त पारेछन् रामेछापको ॥ त्यति मात्रै कहाँ हो र ? अस्तिको रूक्माङ्गत कटुवाललाई कायम राख्‍ने राष्ट्रपतिको निर्णयलाई समर्थन गर्ने सबैलाई कालोमोसो दलेर जिल्लाबाट निकाल्ने भनेर रामेछापका अखिल क्रान्तिकारी अध्यक्ष अर्जुन योगीले वक्तव्य निकालेछन् । आज बुधबार र भोलि बिहिबारसम्म सो कदमका समर्थकलाई माफी माग्न समय दिने र दुईदिनसम्म माफि नमागे कालोमोसो दलेर जिल्लाबाट निकाल्ने सो वक्तव्यमा उल्लेख रहेछ । अझ त्यस्ता समर्थकलाई आफूले पहिचान पनि गरिसकेको दाबी योगीले गरेछन् ।

यता भर्खरै सम्पन्न प्रधानमन्त्रीको पत्रकार सम्मेलनमा भने कुनैपनि दलका नेता-कार्यकर्तालाई भौतिक आक्रमण र कुनै किसिमको दुख नदिने पार्टीको नीति रहेको बताएका छन् । रिपोटर्स क्लबको कार्यक्रममा पनि बर्षमान पुनले त्यस्तो नीति नलिएको बताए । तर जिल्लामा बस्ने कार्यकर्तालाई भने नेताको यस्तो खोक्रो भाषणले कहाँ छुन्छ र ? यो प्रधानमन्त्री र बर्षमानको भाषणले न अन्य दलका कार्यकर्ता ढुक्क भएर बस्छन् न माओवादीका जिल्ला नेताले नै कारवाहि प्रक्रिया रोक्छन । यसको प्रमुख कारण भनेको नै माओवादीको द्वैध चरित्र हो । बाहिर बाहिर लोकतन्त्रका चिप्ला चिल्ला भाषण छाँट्ने अनि भित्रभित्रै जसरी भएपनि आफ्नो पक्षमा माहौल बनाउने मान्छेको जीवनलाई लामखुट्टेको जीवनभन्दा पनि सस्तो बनाउने । यो कुरा त भर्खर सार्वजनिक प्रचण्डको भिडियोमा पनि स्पष्ट रूपले उल्लेख छ । जसरी होस् सत्ताकब्जा गर्ने र आफ्नो अधिनायकत्व लाद्ने माओवादीको यो प्रवृत्तिले देशलाई र माओवादीलाई नै कुन खाल्डामा लगेर जाक्ने हो त्यो भने हेर्न बाँकि नै छ । सत्तामा रहँदा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई कालोमोसो दल्नेले जाबो जिल्लाका एमाले कांग्रेसलाई कालोमोसो नदल्लान भन्न सकिन्न । यहि हो त माओवादीले रट्दै आएको नागरिक सर्वोच्चता ?

साँच्चै नै बहस गर्ने बेला आइसकेको छ अब । के नेपालमा बाँच्न माओवादीकै सदस्यता लिनुपर्ने हो त ? आफ्नो विचार र विवेकले जे ठिक भन्यो त्यो गर्न नपाइने त ? यिनीहरूलाई सबैकुरा सुम्पिदिँदा चैँ लोकतन्त्रको रक्षा हुने अनि काँतर भएर आफैँ निस्किएपछि चैँ प्रतिगमन हुने ? माओवादी नमान्ने चैँ को त यो देशका ? साँच्चै नै अब माओवादी नमान्नेले आफ्नो अस्तित्व र जीवनको मुल्य खोज्नुपर्ने स्थितिको विकास भइसकेको छ । पहिला त राष्ट्रियता मान्ने देशका नागरिक हुन् भन्थे, अब चैँ के माओवाद मान्ने मात्रै देशका नागरिक हुन् ? अरू विचारधाराकाले देशमा बस्न नपाउने ? माओवाद नमान्नेलाई भुटानमा राजाले गरेजस्तै शरणार्थी बनाएर खेदाउने हो माओवादीले ? मधेशमा माओवादीलाई छिर्न नदिने वातावरण जसरी मधेशीले बनाएका छन् त्यसरी नै अब माओवादीलाई जहाँपनि छिर्न, बस्न त दिने तर उनीहरूको दादागिरी र धम्कीलाई निर्मुल पार्न सबै एकजुट हुने बेला आइसक्यो । आज पो रामेछापमा त्यस्तो भयो अब यहि कुराको सिको गर्दै देशभरिका जिल्लामा यो कुकृत्य नफैलिएला भन्न सकिन्न । हामीजस्ता साधारण नागरिकले बाँच्नका निमित्त संगठित भई यस्ता कुकृत्यको प्रतिकार गर्ने बेला आएन र ?

अपडेट : देशभरिका जिल्लामा माओवादीको यो ज्याजती नफैलिएला र भन्नै आशंका उब्जिँदा उब्जिँदै कैलाली क्षेत्र नं ३ का इन्चार्ज ऋषीराज बिनाडीले प्रेस विज्ञप्ति जारी गरी राष्ट्रपति रामवरण यादवको कदमको समर्थन गर्नेलाई एक हप्ता भित्र घर छाड्न चेतावनी दिएको छन् । 'देशमा भएको संबैधानिक कु को समर्थक राजनीतिक दल संघसंस्था र ब्यक्तिहरुले एकहप्ता भित्र घर छोड्नु होला है, नत्र भने पार्टीले गर्ने प्रतिरोधमा कारवाहीको भागिदार बन्न तयार हुनुहोला' बिज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यसैगरि दोलखामा पनि अनेरास्ववियु क्रान्तिकारीले वक्तव्य मार्फत राष्ट्रपतिको कदमलाई समर्थन गर्नेलाई गाउँ छोड्न धम्की दिएका छन्।

4 Comments:

  1. के गर्ने होला यार ? अब !
    ReplyDelete
  2. "हेर्नुहोस कार्यकर्ताहरु, यो एमाले र कांग्रेसका नेतालाइ ठीक पार्नु पर्छ। अनि त्यो कटुवाललाइ राख्नु पर्छ भन्ने कुरो को समर्थन गर्नेलाइ त कालो मोसो नै दल्नु पर्छ। फेरी यो कुरा बाहिर भन्ने हैन नि। बाहिर त ,हो -हो हामी कुनैपनि दलका नेता-कार्यकर्तालाई भौतिक आक्रमण र कुनै किसिमको दुख दिदैनौं,भन्नु पर्छ।"
    ReplyDelete
  3. nasakine vo nasakine vo..................
    desh ma bachna nai muskil parne vo
    ReplyDelete
  4. aba darbin le bhane jhai strruggle garnu parne bho bachna ko lagi
    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम