मान्छे मान्छे लाप्पा खेल्न कम्मर कस्दा रै'छन्
के के तन्त्र के के वाद गफै ठूलाठूला
साँच्चै काम गर्ने बेला दुला पस्दा रै'छन्
'दाइभाइ फुटे गवार लुटे' थाहा पाउँदा पाउँदै
मिल्ने बेला पूर्व-पश्चिम फर्कि बस्दा रै'छन्
सिङ्गो देश सारा जन बेरोजगार छँदा
कार्यकर्ता पोस्नलाई घुँडा धस्दा रै'छन्
जनतालाई सुशासन,शान्ति दिन्छु भन्दै
बन्दुक किन्न सहिदलाई पनि डस्दा रै'छन्
सयचोटि जनतालाई झुक्याउँछु भन्दा
यस्ता जाली बेलै नभै तल खस्दा रै'छन्

Post a Comment

14 Comments:
kada cha hai prabes..
nice
कडा दनक छ है !
nice gajal prabesh ji!
गजब छ---
'दाइभाइ फुटे गवार लुटे' थाहा पाउँदा पाउँदै
मिल्ने बेला पूर्व-पश्चिम फर्कि बस्दा रै'छन्'
धेरै धन्यवाद मुकुन्द जी !! आकार र प्रवीणजीलाई पनि !! अनि meजीलाई मेरो ब्लगमा हार्दिक स्वागत छ !!
अहिलेको स्थितिमा एकदम चित्त बुझ्ने कुरलाई गजलमा ढाल्नु भएछ। खुब स्वाद लिऐर पढें
यी दुई शेरमा भने चोटीलो दनक भेटें मैले:
के के तन्त्र के के वाद गफै ठूलाठूला
साँच्चै काम गर्ने बेला दुला पस्दा रै'छन्
जनतालाई सुशासन,शान्ति दिन्छु भन्दै
बन्दुक किन्न सहिदलाई पनि डस्दा रै'छन् आगो नै छ!!
दमदार छन् सेरहरू, सेरै जस्ता लागे ।
समयको सिउरमाति बसेर मैँ हुँ समय भनाउँदाहरूलाई छुलछुली मुताउन काफी छन् यी हरफहरू ।
देशको बेथिति, अराजकता र कारूणिक पाटोलाई लिएर तीर-कमान यतिखेर पनि नचलाए कहिले पो चलाउने ?
'गफगाफ'को नयाँ स्वरूप पनि मनपर्यो ।
Nice one....present situation lai mildo cha..
Nice Gajal..
sarho danak 6 ni...
गजल कडा र राम्रो छ दनक दिने खालको तर के गर्ने सुन्दैनन यो बहिराहरुले ।
सार्है राम्रो, खुब मन पर्यो मलाई :)
सयचोटि जनतालाई झुक्याउँछु भन्दा
यस्ता जाली बेलै नभै तल खस्दा रै'छन्
गजब छ प्रबेसजी गजल ! मन पर्यो |
साचै हाम्रो देशमा हमेसा सत्ता कै राजनीति हुन्छ जनताको नामबाट |
के गर्ने-
माथी नेताहरू सत्ताकै छन मस्तिमा
तल आगो बलिरहेकै छ बस्तिमा |
we can just share our feelings.
nice gazal kabi ji!! i likes...^_^!!
गजब लाग्यो ल मलाई यो गजल !!
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!