Wednesday, May 06, 2009

आखिर उपेन्द्र यादवमा अड्कियो देश

बुढापाकाले भन्न त भन्थे, 'बाँच्नु मात्रै पर्छ के के देख्‍न पाइन्छ पाइन्छ' भनेर । देश यो घडिसम्म आइपुग्दा मलाई पनि त्यस्तै लाग्‍न थालेको छ । बाँच्नु मात्रै पर्दो रहेछ अनि सोच्नसक्ने मात्रै हुनुपर्ने रहेछ, जिन्दगीमा धेरै देख्‍न र सुन्न पाइने रै'छ जुन कुरा हामीले अनुमान पनि गरेका हुँदैनौँ । आज देश त्यस्तै मोडमा पुगेको छ । सरकामा २३८ सीट ल्याएको माओवादी, १०८ ल्याएको एमाले र ११४ ल्याएको कांग्रेस हुँदाहुँदै देशको राष्ट्रिय राजनीति कता जाने भन्ने बाटो मधेशी जनाधिकार फोरममा अडेको छ । फोरमका अध्यक्ष एवम् परराष्ट्रमन्त्री उपेन्द्र यादव विदेश भ्रमणमा रहँदा फोरमको केन्द्रीय समितिले एउटा ठोस निर्णय लिन सकेन जसको फलस्वरूप प्रचण्डले हतार हतार राजीनामा समेत दिनुपर्‍यो । फोरम जुन गठबन्धनतिर ढल्कियो त्यहि गठबन्धनको बहुमत हुने सम्भावना प्रवल रहेको छ । उपेन्द्र यादवको फिर्तालाई देशको राजनीतिमा अर्थपुर्ण रूपमा हेरिएको छ । अब शायद सबै दलहरू उपेन्द्र यादबलाई नै मनाउनतिर लाग्नेछन् र राष्ट्रिय राजनीति उपेन्द्र यादवमा आएर अड्किनेछ ।

मधेशी जनाधिकार फोरमा राजनैतिक पार्टी नभई एउटा आईएनजीओको रूएमा स्थापना भएको थियो । यसका नेतृत्वकर्ता उपेन्द्र यादव पहिला नेकपा एमालेका कार्यकर्ता थिए । पछि तत्कालीन् नेकपा माओवादी प्रवेश गरेका यादवले दिल्लीमा वरिष्ठ माओवादी नेता(मोहन वैद्य र सीपि गजुरेलजस्तो लाग्छ)लाई पक्राउ गरार आफू उम्किएका थिए । यसरी निकै अवसरवादी, चलाख र धुर्त किसिमको छवि बनाएका यादव तराईमा आन्दोलन चर्काएपछि एकाएक जिरोबाट हिरो बनेका थिए । मधेशीको मागलाई सहि समयमा सहि ढङ्गले सम्बोधन गरेर यादवले मधेशमा आफ्नो राम्रो कब्जा जमाउन सफल भए । उनकै नेतृत्वमा लगभग २० दिन चलेको तराई आन्दोलनलाई मधेशले बहुत् महत्वका साथ हेर्ने गर्दछ र यसले मधेशीको मागलाई सम्बोधन गर्न पनि ठूलो भूमिका खेलेको थियो । पहिला सुचना तथा सञ्चारमन्त्री रहेका जयप्रकाश प्रसाद गुप्ता फोरमा दोश्रो व्यक्तिका रूपमा रहेका थिए र त्यति नै बेला नेपाली कांग्रेसबाट विजयकुमार गच्छेदार र शरदसिंह भण्डारी फोरममा प्रवेश गरेपछि यादव, गुप्ता र गच्छेदारमा फोरमभित्र अन्तरिक त्रिपक्षीय शीतयुद्ध चल्ने गरेको छ । बेलाबेला फोरमको आन्तरिक द्वन्द्व बाहिर आएपनि त्यसले खासै ठूलो परिवर्तन ल्याउन सकेको छैन । आफैँभित्र विवादास्पद पार्टीले देशको विवाद मिलाउन कस्तो भूमिका खेल्ने हो त्यो प्रतीक्षाको विषय नै छ अहिलेसम्म ।

स्व ईन्द्र लोहनीको कार्यक्रम कान्तिपुर बहसमा तराई आन्दोलनताका माओवादीका अध्यक्ष प्रचण्डले उपेन्द्र यादवलाई गद्दार र चरित्रहिन व्यक्ति भनेर चित्रण गरेका थिए । तराई आन्दोलमा सम्झौता गर्ने कि नगर्ने भन्ने एउटा प्रश्नमा प्रचण्डले त्यस्ता उपेन्द्र यादवजस्तालाई ठूलो बनाउन जरूरी छैन, त्यसको हैसियत मलाई राम्रोसँग थाहा छ भनेका थिए । १९-२० दिन तराई ठप्प पारेकै भरमा संविधानसभा निर्वाचनमा फोरमलाई सोचेभन्दा निकै नै धेरै भोट आयो जसको फलस्वरूप संविधानसभामा ५३ सीट ल्याएर राष्ट्रकै चौथो ठूलो तथा तराईको सबैभन्दा ठूलो दलको रूपमा स्थापित छ । उपेन्द्र यादवको हैसियत भन्छु भन्ने प्रचण्ड तिनै यादवको वैशाखी टेकेर नौ महिना सरकार चलाए र अहिले देशमा राजनीतिक सङ्कट गहिरिँदै जाँदा तिनै यादवको भूमिका निर्णायक देखिएको छ । अब आफ्नो हैसियत कसरी पुष्टि गर्ने हुन यादवले, पर्खेर हेर्नुबाहेको विकल्प छैन ।

2 Comments:

  1. उपेन्द्र प्रती म सकारत्मक् नै थिए। तर देश कठिन् मोडमा हुँदा पनि बिदेश भ्रमन् गर्न रुचाउने उपेन्द्र लाई खेल्ने अवसर दीइनु हुँदैन भन्छु म अब, माओवादी एमाले कङ्रेस मिलेर चलाऊनु पर्छ...

    ReplyDelete
  2. अब यदि उपेन्द्रलाई सत्ताको बागडोर सुम्पिने हो भने देशमा ठुलै भुकम्प जानेछ । त्सै त सदनमा पनि नेपालि भाषा र संस्कृतिको बिरोध गर्ने यिनिहरु अब देश नै दिने हो भने कोशि संगै बगाइदिन्छ भारततिर ....

    प्रबेश जी तपाइको नयाँ बनावटमा सजिएको गफ्-गाफको घर त चिटिक्क परेको छ नि । सुन्दर् देखिएको छ ।

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम