Monday, May 04, 2009

प्रचण्डद्वारा प्रधानमन्त्रीबाट राजीनामा ; राष्ट्रपतिको कदम 'असंवैधानिक हर्कत"


(राजीनामा पत्र सहित)

अपडेट : सरकार छाडेपछि बसेको माओवादी सचिवालयको बैठकले निर्वाचित सरकारको प्रधानसेनापति हटाउने निर्णय कार्यान्वयन गर्न सडक र सदनबाट आन्दोलन थाल्ने निर्णय गरेको छ । आन्दोलनको स्वरूप भने केन्द्रीय कमिटीको बैठकले तय गर्नेछ ।
******************************************************************************************************
प्रधानसेनापति काण्डमा मुछिएको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीको नाममा रेडियो र टेलिभिजनबाट भर्खर सम्बोधन गरेका छन् । माओवादी मन्त्रीमात्र सहभागी मन्त्रीपरिषद्को बैठक सक्नेबित्तिकै उनले यो सम्बोधन गरेका हुन् । प्रमुख सत्तासाझेदार नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको र मधेशी जनाधिकार फोरमले पनि प्रधानसेनापति प्रकरणप्रति असहमित जनाएपछि सरकार र देश दुवै गम्भीर समस्यामा फसेको बेला निकै अर्थपुर्ण ढङ्गले यो सम्बोधनलाई हेरिएको थियो ।

दश बर्षे जनयुद्धकालदेखि, दसौँ हजार वीर सहिदको बलिदानबाट कुरा शुरू गरेर प्रचण्डले शिशु लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न हरसम्भव प्रयास गरेको बताए । आफ्ना सरकारका सम्पूर्ण निर्णयलाई कसैले कहिल्यै पनि समर्थन नगरि जताततै सानोतिनो कुरामा बन्द र हड्ताल गर्दै सरकारलाई घेराबन्दीमा पारेको उनले बताएका छन् । आफ्नो कमजोरीलाई जहिल्यै पनि स्वीकार्ने उनले बताए । राष्ट्रपतिको कदमलाई गैरसंवैधानिक हर्कतको संज्ञा दिँदै प्रचण्डले सामान्य निर्णय गर्न पनि महिनौँ लाग्नुलाई संयुक्त सरकारको बाध्यता भएको बताए । नागरिक सर्वोच्चतालाई सेनाले लत्याएको र सरकारसित सम्बन्ध सुमधुर गर्न नचाहेको उनले बताए । सफाइको उचित मौका दिएर संवैधानिक तवरले रुक्माङ्गत कटुवाललाई हटाएको तर विभिन्न प्रतिगामी र विदेशी शक्तिको चलखेलका कारण देश गम्भीर राजनीतिक सङ्कटमा फसेको उनले बताए ।

साथै अज्ञात कारणले गरेर एमाले रूक्माङ्गत कटुवाललाई हटाउने निर्णयको विपक्षमा उभिएको उनले बताए । माओवादीले गर्ने भनेको सत्ताकब्जालाई उनले मनगढन्ते दुष्प्रचार बताए । राजनीतिक दलसँग सहमति गर्ने अथक प्रयासका बाबजुद पनि नसकेको उनले बताए । केहि दिनदेखि माओवादीले भन्दै आएको बुढि मरि भन्दा पनि काल पल्क्यो भन्ने उखानलाई दोहोर्‍याउन भुलेनन् प्रचण्डले । कुर्सीको मोहको निम्ति विदेशीको मुख ताक्ने युगको अन्त्य भइसकेको सन्देश उनले दिए । लोकतन्त्रको रक्षाको लागि जुनसुकै बलिदान दिन उनले सबैलाई आग्रह गरे । यो असहज अवस्थाको निराकरण गर्न आफूले नेतृत्व गरेको मन्त्रीपरिषद्‍बाट आफूले राजीनामा दिएको घोषणा गर्दै अन्त्यमा लोकतन्त्र, जारी शान्ति प्रक्तिया प्रति दृढ प्रतिबद्धता जनाउँदै यसका पक्षमा सबैलाई लाग्न आव्हान पनि गरे ।

(प्रधानमन्त्री प्रचण्डको पूर्णपाठ कैलासजीको ब्लगमा छ।)


राजीनामा-पत्र स्रोत : नागरिकन्युज



Post a Comment

6 Comments:

कैलाश said...

अबको दिनमा यी राजनीतिक दलहरुको कदम र कृयाकलाप सुन्न र हेर्नैपर्ने भो। संविधान निर्माण कार्य चाहि तानमा टाँगिएको धागो हुनेभो।

Saksham said...

hahah khatra bhayechha nepal ma.. aba ko pradham mantrii huney .. Maakuney huney hola.. haha.. eauta chor aayo gayo aba daka ko palo.. haha

Jai Nepal

The global journlalist said...

कैलाशजी को कुरामा सहमती

आकार said...

उडायो सपना सबै हुरीले...

Milan said...

मेरो बिचारमा राष्ट्रपतिले गरेको निर्णय गलत र असम्बैधानिक छैन | माओबादीको आतिबादलाई ठेगान लगाउने पनि कुनै न कुनै शक्ति त हुनु पर्यो नि ! माओबादी अधिनायाकबाद आउनु भन्दा त यो स्थिति धेरै उत्तम हो |

तर हो कैलाशजीले भने जस्तै "अबको दिनमा यी राजनीतिक दलहरुको कदम र कृयाकलाप सुन्न र हेर्नैपर्ने भो। संविधान निर्माण कार्य चाहि तानमा टाँगिएको धागो हुनेभो।" भन्ने कुरा चाहीं पक्का हो ...

Anonymous said...

हामीले डराई रहनै पर्दैन, कहिले पो शान्तीको ब्यबस्था भएको छ र नेपालमा, फेरी एकपल्ट माओबादीले जंगल घुम्न नपरोस, र एमाले रकाँग्रेसको पुरानो मरिसकेको राजनिती हामीलाई चाहिन्न, एमाले त चोर भै हाल्यो जता धेर उतै हेर काँग्रेसको धोत्ती पक्रीदै ताते ताते गर्ने एमालेलाई लाज लग्नु पर्ने हो। र काँग्रेस त अब गयो, नेपालमा पैसाको खोलो बगाउँद पनि २५% वोते ल्याउन मुस्किल, प्रचण्ड जस्तो ब्यक्तीले यो देश चलाउन सकेन भने अरु त सबै धोत्तेहरुले खरिद गरेका नेता हुन केहि पनि खुत्याउन सक्दैनन।

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 
Hast for Allaclick