तपाईँहरू 'पुरा गर्' भनिददिनोस्
विरोधीको नाम बङ्ग्याएर भन्छु
'राजीनामा दिएर मर्' भनिदिनोस्
म सुल्टो नारा लाउँछु
तपाईँहरू जिन्दावाद भनिदिनुस्
अनि उल्टो पारेर भन्छु
फेरि मुर्दावाद भनिदिनुस्
माग के के हुन् पछि बनाउँदै गरौँला
रमिता हेर्न आउनेलाई हाम्रै कार्यकर्ता भनाउँदै गरौँला
म कुकुर बाँध्ने साङ्लो ल्याउँछु
तपाईँहरू भोटेताल्चा ल्याउनुस्
ताई न तुईको २ पन्ने मागपत्र कोरौँ
जहाँ जहाँ पुगिन्छ त्यहिँ त्यहिँ छरौँ
पत्रिकामा नाम आइहाल्छ क्यारे
आउनुहोस् हामी पनि बन्द गरौँ ।
हाँडिभन्दा कालो मुख लगाएर म तथानाम चिच्याउँछु
तपाईँहरू मात्र ताली बजाइदिनोस्
'कस्तो लाज पचेकाहरू बस्दा रै'छन् यहाँ' भन्छु
वाह वाह भन्दै माहौल सजाइदिनोस्
एउटाले अर्कालाई कुटेजस्तो गर्नुस्
अर्कोले कुटाइ खाएजस्तो गर्नुस्
रगत आउने ठाउँमा अविर घसिदिउँला
टिभी च्यानलमा घाइते भन्दै पसिदिउँला
म पत्रकार बोलाउँछु
तपाईँ टुटेफुटे नेता बोलाउनुस्
हाम्रै क्षति भयो भन्दै विमाको फारम भरौँ
क्षतिपुर्तिको पैसाले मस्त लोकल ठर्रा चरौँ
वार्तामा दुईचार ललिपप खुवाइहाल्छ कि
आउनुहुोस् हामी पनि बन्द गरौँ ।


17 Comments:
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!