जाँच जाँच भन्दाभन्दै सबैथोक छोडेर पढियो आखिर जाँच पनि सर्यो अब अगस्ट ९ तारिखदेखिलाई । अझै विछोडको लामो श्रृङ्खलालाई निरन्तरता दिँने रूटिन आएछ । पढ्ने जोस जाँगर पनि मरिसक्यो फेरि शुन्यबाट शुरू गर्नुपर्ने भयो । परिक्षा सरेपछि म आफ्नो घर इटहरीतिर गएको थिएँ । लगातारको तराई बन्द र तराईमा व्याप्त असामान्य स्थितिबाट कसरी घर पुग्ने भनेर डराई डराई साथीहरूसँग गाडि चढे पनि बाटामा केहि नभई समयमै घर पुगियो, रमाईलो भयो ।
लगभग १४ दिनको इटहरी बसाइमा सबैभन्दा उपलब्धिमुलक काम अनलाइन खसखसका राजेसजीसँग भेट गरेँ । एकदमै सरल र मिजासिलो मान्छे । एकदमै रमाईलो भयो छोटो तर मिठो भेटघाट । अरू खासै सुनाउनलायक काम केहि पनि गरिएन । विराटनगर चाहिँ अस्तव्यस्त रहेछ । कतिबेला बन्द हुने र कतिबेला खुल्ने भन्ने टुङ्गै नभएको । एकदिन घुम्न गएको ५ दिन अड्किएर बस्नुपर्यो । गर्मी चाहिँ भनिनसक्नुको छ । बसेकै ठाउँमा तरर पसिना चुहिने । दिनमा ४-५ पटक नुहाउँदा पनि चित्त नबुझ्ने ।
अब फेरि आइपुगियो धुलिखेल । बल्ल बल्ल भेट भयो ब्लगसँग र सबै ब्लगर साथीहरूसँग । कस्तो रमाईलो !!!
नरिसाउनुस् है न्यायधिषज्यू
53 minutes ago

7 Comments:
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!