Thursday, September 17, 2009

छाड्न सक्दिनँ म


हिमालमा देशको झण्डा गाड्न सक्दिनँ म
माया लाग्छ देशको साह्रै, छाड्न सक्दिनँ म

मुलबाट बग्ने पानि बोत्तलमा कहाँ पाइएला
कठ्याङ्ग्रिँदा गुन्द्रुकको झोल बाहिर कहाँ खाइएला
हाँसीखुसी बाँचेकै छौँ मर्नै पर्ने भा’को छैन
देश खत्तम भयो भनी सोच्ने बेला आ’को छैन

घरघरमा रोजगारी गाउँगाउँमा सहकारी
काम गर्न नलजाउँदा हुन्न कतै बेरोजगारी
समाचारमा नेता पढि देश कस्तो भन्नु हुन्न
जागरूक हौँ, गर्न खोजौँ राजनीतिले कतै छुन्न

जवानीमा पखेँटा छन् उडुँ उडुँ लाग्छ कति
थाकेपछि झर्ने यहिँ हो गफ दिएपनि जति
विकासका काम ल्याउँदा सिङ्गो देशले हात हाल्छ
सबै मिलि गर्नसके देशले अघि पाइला चाल्छ

हिमालमा देशको झण्डा गाड्न सक्दिनँ म
माया लाग्छ देशको साह्रै, छाड्न सक्दिनँ म




7 Comments:

  1. हिमालमा देशको झण्डा गाड्न सक्दिनँ म
    माया लाग्छ देशको साह्रै, छाड्न सक्दिनँ म
    सारै मन पर्दा मात्र हैन ईर्ष्या लाग्दा छन् यीं हरफहरू |

    देशमा दशैं आएको छ कतिकुराहरू एकै चोटी याद भएर आएका छन् | तर याद गर्नुहोस प्रदेश मै भएपनि यो नेपाली मन तापईंसंग प्रणयको होडबाजी गर्न खोज्छ |
    यी यसरी -
    हिमालमा मैले पनि झण्डा गाडेको छैन
    प्रदेशमा छु तर अझै देश छाडेको छैन
    विस्वाश नलागे के गर्नु छाती फुटाउन सक्दिन
    जसले जे भनोस देशको माया लुकाउन सक्दिन |

    आजको गफ गाफ यहीं सकौं क्यारे ! फेरी अर्को भेटमा | कविता मज्जाको लाग्यो |
    ReplyDelete
  2. मैले पनि यस्तै सोचेर यो देश छाडन सकिन ब्रो
    ReplyDelete
  3. यो कविता एकदम राम्रो छ ।

    Thanks for sharing!
    ReplyDelete
  4. साह्रै राम्रो कबित लेख्नुभ्यछ बधाई छ
    ReplyDelete
  5. मिठो लग्यो कविता...
    देशको माया अझ बढेर आयो प्रवेश भाइ को कविता पढेर ..
    ReplyDelete
  6. जवानीमा पखेँटा छन् उडुँ उडुँ लाग्छ कति
    थाकेपछि झर्ने यहिँ हो गफ दिएपनि जति.......this is good....
    ReplyDelete
  7. akhir kabi ko hamri prabes ta ho ni
    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम