झण्डाको रङ्ग सिम्रिक छ अहिले । वाहियात ! नेपालको राष्ट्रिय रङ् त सिम्रिक हुनै सक्दैन । यो सिम्रिक रङ्गले हाम्रो वीरता देखाउँछ रे । अब वीरता नै नभएको वर्तमान परिपेक्ष्यमा यो सान्दर्भिक हुँदैन । सिम्रिक रङ्को इज्जत जोगाउन प्रचण्डले वीरता देखाउन खोजेका थिए पहिले चीन भ्रमण गरेर तर पछि राजनीतिक भ्रमण त भारतकै हो नि भनेर पुच्छर लुकाइहाले । सिम्रिक रङ् राख्नपनि उपयुक्त देखिएन । फेरि प्रचण्डले यत्रो युद्दमा एउटा आत्मघाती बम हान्ने मान्छे पनि निकाल्न सकेनन् । अलकायदाजस्तो त्यहाँपनि बहादुरी झल्किएन । अत: सिम्रिक रङ्ले नेपालकै वेइज्जत गर्छ । यसको ठाउँमा पहेँलो रङ् राख्नुपर्छ । सबै डरछेरूवाहरू मात्रै भए । डरछरूवाले डराएर हतार हतार शौचालय धाउँदा पहेँलै रङ्को विकास गर्छन् ।
त्यो किनारामा रहेको शान्तिको प्रतीक निलो रङ् पनि जोगाउन प्रचण्डले भरमजदुर प्रयास गरेकै हुन् । बिचरा १२ बुँदेमा हस्ताक्षर गरे, शान्ति सम्झौतामा हस्ताक्षर गरे, शान्ति ल्याउन कति गरे । तर, अहँ ! सकेनन् ! अब शान्तिवार्ता भएर राजनैतिक प्रतिस्पर्धामा आइसकेपछि पनि जननिर्वाचित भएको र सरकारले मनोनीत गरेका मान्छे भाको संविधानसभामार्फत् बनेको सरकारका मन्त्रीलाई उनका कार्यकर्ताले कालो झण्डा देखाएर र ढुङ्गा हानेर उत्पात पारिसके । देशमा शान्ति आयो भनेको त राष्ट्रपति,प्रधानमन्त्री, मन्त्री नै सुरक्षित नहुने परिवेश निम्तिएकाले अब यो नीलो रङ्को कुनै औचित्य छैन । त्यहि भएर यसको रङ् कालो राख्नुपर्छ । देखाउनेलाई पनि ढुक्क हुने अनि हेर्ने पनि राष्ट्रिय झण्डा देखाएछन् भनेर मख्ख पर्ने ।
त्यहि भएर वर्तमान सन्दर्भमा नेपालको झण्डा फेसन आउट भइसकेको छ । नेपाललाई राम्रोसँग विश्लेषण गर्ने क्षमता माओवादीमा नै निहित रहेकाले उनीहरूको यो तर्क एकदमै न्यायपुर्ण छ । राष्ट्रिय झण्डा फेर्नैपर्छ ।
प्रस्तावित राष्ट्रिय झण्डा :

Post a Comment

13 Comments:
त्यसै गरि राष्ट्रिय जनावरको लागि कुकुर राख्न पर्छ भनेर बहस चर्काउन माउवादिलाई मेरो सुझाउ छ, किनकि त्यो "मालिक" प्रति वफादार हुन्छ,ठुलठुला षड्यन्त्रहरु सुघेको भरमा पत्ता लाइ दिन्छ,के कमि छ त्यसमा गाइ भन्दा ?
पहीले राजा परीबर्तन गरे, फेरी राष्ट्रय चिन्ह परिकर्तन गरे, अनि फेरी प्रजात्रन्त्र परिबर्तन गरी गणतन्त्र ल्याए, अनि फेरी देशको संबिधान परिबर्तन गर्न संबिधान सभाको निर्बाचन गरे, अनि अहीले राष्ट्रय झण्डा परिबर्तन गर्ने कुरो गर्दै छन, यस्तै पारा हो भने हामि जन्ता पनि परिबर्तन पर्न बेर लाउदैनन् यि नेताहरूले, अब हामि जन्ताले परिबर्तन गर्नु पर्छ यि नेताहरूलाइ, उनिहरूले हामिलाइ परिबर्तन गर्नु अघी.................
र कुरा नेपाली झण्डा को, "नेपालको राष्ट्रिय झण्डाको आधा चन्द्रमा र आधा सुर्यले जबसम्म चन्द्र र सुर्य आकासमा रहन्छ तबसम्म नेपाल रहन्छ भन्ने बुझाउँछ । अब नेपालको कति भू-भाग यस्तो छ कि त्यहाँ ५-६ दिनसम्मै घाम लाग्दैन, फेरि दिउँसै तारा देखिने कुरा पनि भएन"
यो बाक्यले त नेपालको झण्डा अनुसार 24 घण्टा चन्द्र सुर्य देखिनु पर्छ भने जस्तो लाग्यो त, जय नेपाल
नेपालको नाम नेपाल कसरी रहन गयो ? भन्दा "ने" भन्ने ॠषिले "पालन" गरेकोले भन्ने पढेकी थिए मैले अब ॠषि भने पछी पक्कै हिन्दू थिए होलान् त्यसैले नामपनि परिवर्तन गर्नुपर्छ !! अहिलेत साना ठुला सबै कुरामा छिमेकी देशले पालन गर्छ त्यसैले हाम्रो देशको नाम पनि "छिम्पाल" !!
अनि फेरी झण्डाको आकार पनि बदल्नुपर्छ, सारा संसारका Rectangular झण्डा छन्, हाम्रो भिन्दै हुनै भएन नि । आखिर सारा अरु कुरामा हामी छिमेकिकै शरण पर्छौ, हाम्रो देशमा मन्त्री चहिये छिमेकी गुहार्छौ हामी जाबाको झण्डाले हाम्रा छिमेकिको महान झन्डाको अगाडि अलग भएर के फुर्ती हाँक्न खोजेको ?
पालन गर्ने रुल अनुसार भन्ने हो भने ... नेपालको दक्षिण तिर बढी झुकाब छ...त्यसैले नेपालको नयाँ नाम "भापाल" वा "भुपाल" बढी सान्दर्भिक हुन जान्छ |
सेपको कुरा गर्दा मेरो विचारमा न अहिलेको पाँचपाटे ठिक छ न चारपाटे, बरु गोलो झन्डा बनाउनु पर्छ, नयाँ युगमा सबै मान्छे सेक्सी हुँदै गएका छन |
मोबाईल र टेलिफोन त राखिनै हुन्न, न मेरो घरमा टेलिफोन छ न मोबाईलले टिप्छ ... यसरी त म नयाँ भुपाल बासि हुने भइन नि यार |
बरु झन्डाको भित्रि भाग पुरै खालि राख्नु पर्छ, जसले जे जे कुराले आफ्नो प्रतिनिधित्व गर्छ जस्तो लाग्छ ...त्यै राख्न पाउने ... लचिलो झन्डा ...
प्रस्तावित स्वरूप हेर्ने कि ?
http://www.facebook.com/photo.php?pid=30416834&id=1109766407
today they want to change flag tomorrow name n day after tomorrow country nai farnu parchha bhanchhan Maoist chor haru if we r nepali we should shout out for parchanda. baburam is good but rest of others money earn garna politic gara ka hun bank chhor haru
ल है दशैंको बेलामा २-४ दिन भए पनि देशमा शान्ति होला भन्ठानेको यही बेलामा यो तुरुन्तै नफेर्दा देशकै सार्बभौमिकतामा खतरा उत्पन्न हुने राष्ट्रिय समस्या उठेछ ।
हो त नि, फेर्नु त पर्छ । तपाईको प्रस्ताबमा भएको पहेंलो रंगले 'पिलन्धरे- प'पनि जनाउने भएकोले मलाई पनि ठीकै लाग्यो बरु यो पहेलो लाई अझ फिक्का गरेर 'पानी मरुवा सेतो रंग' हाल्दा अझै हाम्रा नेताहरुको पनि प्रतिनिधित्व गर्छ यसले ।
सबैको बहस सुनिसकेपछि यो अदालत यो फैसला गर्दछ कि झण्डा भनेको झण्डा हो | यसलाई अनेक कुतर्क गरेर परिवर्तनको नाममा हर्क मनाउन खोज्नेहरूलाई सिधै नर्क जान आदेश जारी गरिन्छ | झण्डाको परिवर्तनको बिषयलाई लिएर कोही कसैले अब उप्रान्त "प" सम्म पनि उच्चारण गरिएको पाइएमा त्यसलाई उचित डण्डाको ब्यबस्था हुनेछ | सबै पक्षको प्रतिनिधित्वको नाममा झण्डालाई निस्पक्ष बनाउन खोज्दा नारी पुरुष दुवै मिसाएर "हिजडा" बनाउन प्रयत्न गरिएको आभाष मिलेकाले, हिजडा हिजडा नै हुन्छ यसले न त नारीलाई बुझ्दछ न त पुरुषलाई बुझ्दछ भन्ने बस्तु सत्यलाई ध्यानमा राखेर ब्रतमान अबस्थाकै झण्डा कायम राख्न कडा आदेश जारी गरिन्छ |
मिलन ब्रो,पश्चिम बंगाल का मान्छेहरु ले भुटानी मुलका नेपाली भासी लाई भुपाली भन्दा रहेछन...
Wish you HAPPY VIJAYA DASHAMI 2066!
हाहाहा !
तेसो भए न फेरौ है .....
सबै साथिहरुको परिवर्तनको बिचार समय सान्दर्भिक लाग्यो र खुसी पनि लाग्यो ल है साथी हो के के छ बाकी फेर्न सबै फेरौ। परेको म बेहोरछु.......
देशप्रति धेरै चिन्ता गर्ने बानि एकदम ठिक लाग्यो धन्यबाद
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!