भो मलाई धेरै केहि भन्नु छैन यसबारेमा । वास्तवमा “तस्विर आफै बोल्छ”। तपाईँहरू गलत सोच्दै हुनुहुन्छ, म नेपालको ट्राफिक व्यवस्थापनलाई गाली गर्न गईरहेको छैन न त कोहि सरोकारवालाहरूसँग स्पस्टिकरणको माग गर्दैछु । यि वृद्धलाई कसले उक्सायो होला र त्यसरी गाडीको पछाडि टाँसिनलाई । दोष प्रत्यक्ष कसैको छैन । छ त केवल नियतिको-नेपाली हुनुको नियतिको । आफ्नो बुताले भ्याउनेभए यि पनि कार चढेर हिड्थे होला अनि म पनि आफ्नै सवारीमा कतै घुम्न हिडेको हुन्थेँ होला । किन माइक्रोको अगाडि सिटमा बसेर यि बुढाको फोटो खिचिरहनुपर्थ्यो र मलाई पनि???
प्रशंग अलिकति बदल्छु । केहि समय अगाडि कामविशेषले नेपालमा चल्ने सवारीसाधनको वारेमा सानो रिपोर्ट तयार गरेको थिएँ । नेपालमा सवारीको मूल्य अरू देशको तुलनामा कति बढिपर्ने रहेछ भनेर बिस्तृत रूपमा वुझिसकेपछि मलाई नेपालमा जन्मिएकोमा पहिलोपटक हिनताबोध भयो (यद्यपि देशको वारेमा सकारात्मक सोच राख्नेमा म पनि एक हुँ) । एउटा उदाहरण दिन चाहन्छु:-
भारतीय वजारमा टोयोटा कम्पनीको Corolla ALTIS मोडलको कारको दाम भारू दश लाख पर्दो रहेछ । अर्थात गोजीमा दशलाख रूपैयाँ भए भारतीयहरूले टोयोटाकै कार चढ्न पाउने रहेछन् । अव नेपालमा त्यहि कारको मूल्य यसरी बन्दो रहेछ:-

अर्थात त्यहि कार नेपालीहरूले चढ्नुपर्यो भने पच्पन्न लाख(५५ लाख)को हाराहारी पैसा पर्छ । विचरा हामी! कहाँबाट ल्याउनु त्यत्रो पैसा र कार किन्नु । अनि बसभित्र सिट नभएपछि बाहिरै भए नि झुण्डिनु परेन त!! यहि हो नेपाली भएर जन्मनुको नियति भनेको । एउटा नेपाली र अर्को भारतीयले बराबर पैसा कमाएपनि पहिलोलाई दोस्रोको जीवनस्तर ज्युन लगभग ५ गुना बढि समय लाग्ने रहेछ । अर्थात एउटा भारतीयले ३० वर्षको उमेरमा दश लाखको कार किन्ने हैसियत राख्छ भने त्यहि कामगर्न नेपालीलाई (३०*५)= १५०वर्ष लाग्ने रहेछ !!लौ भो बढि कुरा गर्दिन अव म । नत्र पागल भन्नेठान्नुहोला मलाई । कार किन्दैमा ठुलो भईन्छ भन्ने हैन, यो त एउटा उदाहरण मात्र हो तर देश गरिव भयो भन्दैमा जनताले यति ठूलो भारी बोक्नुपर्छ भन्ने त छैन नि ।
यस्ता कयौँ उदाहरण छन् जसले हाम्रो जीवनस्तरलाई झल्काइरहेछ । भारतीय सिमा वजार जोगवनीमा नेरू ५३ रूपैयाँ प्रति किलो पर्ने चिनी यता नेपालमा ६५-७० रूपैयाँको हाराहारी पर्छ । प्रति १ सिलिण्डर लगभग ५०० भारू पर्ने एल.पी ग्यास नेपालमा ११०० भन्दा बढि पर्छ । बेरोजगारीको समस्या अनि आकासिदो महङ्गी त्यसमाथि चर्को राजस्व । सबैकुरा समायोजन गर्न पैसै बढि लाग्ने अनि पैसा जोगाउन पहल गर्दा माथि तस्विरकै वृद्धको जस्तो नियति हुने । वास्तवमा यो तस्विर तपाईँ हामी सबैको हो । कठै हामी!! आउँछन् हाम्रा सुखका दिन पनि आउँछन् हेर्दै गरौँ न ।

11 Comments:
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!