Saturday, October 24, 2009

आफ्नै देशको डिजेलले गाडि सरर.......

अहिले बजारमा डिजेल,पेट्रोललगायतका पेट्रोलियम पदार्थको कृत्रिम अभाव छ । कारण, सरकारले छैठपछाडि पेट्रोलियम पदार्थको भाऊ बढाउँदैछ । सस्तो मुल्यमा ल्याएको पेट्रोलियम महङ्गो मुल्यमा बेच्न पाइने भएकाले जनतालाई बाँड्नभन्दा गोदाममा हालेर जोगाउन तम्सिएका छन् पेट्रोलियम बेच्ने व्यवसायीहरू । भारतमा पेट्रोलियम पदार्थको मुल्यमा समायोजन भएपछि अहिले भारतमा भन्दा नेपालमा डिजेल,पेट्रोलको भाऊ सस्तो छ । नेपालमा ग्यालिन बोकेर आएर भारत तेल ओसार्ने काम पनि धमाधम हुँदैछ सीमावर्ती नाकामा । यसैलाई न्युनिकरण गर्न र आयल निगमको घाटालाई कम गर्न सरकारले मुल्य समायोजन गर्ने भएको हो ।

अन्तराष्ट्रिय क्षेत्रमा कच्चा तेलको मुल्यवृद्धिसँगै भारतबाट आयात गर्दा तेल महङ्गो भएकाले पोहोर साल लामै समयसम्म पेट्रोलियम पदार्थको अभाव भएको थियो । अब भने एउटा खुसीको खबर छ नेपाल र नेपालीका लागि । केहि समयअगाडि पत्रिकामा आएको थियो पाल्पाका कृषकले सजीवनको तेलको प्रयोगले ट्रयाक्ट्रर कुदाए भनेर । त्यसैगरि काठमाण्डौ विश्वविद्यालयमा पनि केहि समय अगाडि भएको एउटा संयुक्त प्रोजेक्टले बायोडिजेलको मद्दतले नेपाल भ्रमण नै गरेका थिए । पश्चिम नेपालमा पनि सजीवनको तेलबाट ट्रक कुदाएको कुरा समाचारमा आएको थियो । बाहिर के के भएको छ कुन्नि, तर नेपालमै यो प्रमाणित भइसकेको छ कि सजीवनबाट निकालेको तेलबाट गाडि मजाले कुद्‍न सक्छ । केहि समयअगाडि तत्कालीन् विज्ञानमन्त्री गणेश शाहले पनि सजीवनको विरूवा लाहानमा रोपेको कुरा उहाँको ब्लगमा उल्लेख गरिएको छ ।

अब भने सजीवनको तेल व्यवसायिक रूपमा उत्पादन हुने भएको छ । एभरेष्ट बायोडिजेल नामक कम्पनीले चितवनमा २ बिगाहा जग्गा खरिद गरेर सजीवनको व्यवसायिक खेतीको शुरूवात गरिसकेको छ र छोटो समयमा नै तेल पेल्ने उपकरण र वायोडिजल प्रशोधन उपकरण जडान गर्ने भएको छ । डिजलप्रतिको परनिर्भरता हटाउन यो कार्यले नेपाल र नेपालीलाई एकदमै सहयोग गर्नेछ । सजीवन खेती गर्ने स्थान र स्रोत नेपालमा प्रशस्तै भएकाले यस उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पनि लान सकिन्छ । आशा गरौँ अब तपाईँ हामीले नेपालमा गाडि चलाउँदा आफ्नै देशको सजीवनको तेलले गाडि चलाउन पाऔँ । यसले वातावरण पनि जोगाउँछ अनि आफ्नो पैसालाई देशबाहिर जान पनि दिँदैन । साथै पेट्रोलियमका लागि बाहिरि देशसँगको परनिर्भरता पनि हटाउनेछ ।

तस्वीर स्रोत : यहाँ छ



Post a Comment

1 Comments:

zippo said...

अब चै एस्तो शुभकार्य गर्न सरकारको मात्र मुखनताकौ। गैरसरकारी संस्थाहरूले पनि आफ्नै लगनी गरे देशलाई नि फाएद आफूलाई नि । सजीवनको बिउ बजारमा १८ रुपैय प्रती किलो पर्न जान्छ तर बजार मा उपलब्ध डिजलसँग प्रतिस्प्राधा गर्न ९ रुपैय प्रती किलो गर्नुपर्छ। बयोडिजलबाट गाडी कुदाएर मात्रहुन्न त्यस्को लागि उचित बजारको ब्यवस्था मिलौन सक्नुपर्छ। तर जे भयेनि एसरी जनचेतन फैलौदै गयओ भने धेरै मात्रमा बिउ उत्पादन गरेर बजार मिलौन सके नेपाल जस्तो गरीब देश को लागि धेरै नै फएद हुन्छ।

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 
Hast for Allaclick