Sunday, November 01, 2009

किर्नु र गाई


त्यो अस्तिको केटी क्या त, हामीले क्याफेमा भेटेको, मैले पट्याईसकेँ नि यार । उसले उरन्ठ्याउलो पारामा भन्यो । हिजो फकाएको त्यो पनि मानीसकी भन्या । मस्ती हुने भो आज त । अनि त्यतिकै मानी त ? मैले पुनं सोधेँ । कहाँ त्यतिकै मान्नु , ठूलै कथा बनाउनुपर्यो नि यार । यसरी बोलिरहेको थियो मानौ ऊ शिकार समाएर उन्मत्त भएको बाघ हो । अव ६ महिनामा मेरो जागिर फिक्स हुन्छ त्यसपछि विहे गर्ने हामी दुवै । मेरो वुवा आमासँग पनि कुरा गरिसकेँ मैले । यति भनिसक्दा त ओ साथी.........ठुलै हाँसोको फोहोरा छुट्यो उसको मूखबाट । म मुस्कुराएँ तर उसलाई साथ दिन मात्र । राति निन्द्रा परेन यो कुराले । सोचेँ हामी पुरूषहरूलाई पुरूषत्वको कति साह्रो घमण्ड छ ? अनि कति अभ्यस्त छौँ हामी नारी जातिलाई खेलाउने पुतलीको उपमा दिन? त्यसदिन त्यतिकै निदाएँ ।

वोलीचालीको भनाई छ “ रगत चुस्ने किर्नु दुध दिने गाईको थुनमा गएर टाँसिए पनि त्यसले दूध चुस्दैन रगत नै चुस्छ”। तर यि किर्नालाई अस्तित्वहिन वनाउन मेरो भुमिका के त? आफ्नै मनले घच्घच्याईरह्यो मलाई पछिसम्म । नारी शसक्तिकरणको पक्षमा मनमनै भएनि कुर्लिन्थिस् अरूबेला, अस्ति अलिकति पनि बिझेन यो कुरा तँलाई ? गर्न केहि नसकेपनि आफ्नो विचार लेख्न त सक्छस् ? त्यहि भए पनि गर् । अन्तरमनको यो आदेशलाई शिरोपरि गर्ने जमर्को गरेँ मैले पनि।
फेरि माथिकै ‘किर्नु र गाई’को प्रशंगमा आउँछु । गाई जननी हो, गाई सृष्टिकर्ता हो, गाईले अर्को आफूजस्तै प्राणीलाई जन्म दिन्छे र हुर्काउँछे । तर गाईका जीउभरि किर्ना छन्, ति कहिले दुध आउने थुनमा टाँसिएर रगत चुस्छन् । अमृतका धारा अव रगतका धारा बन्छन् । विचरो नबजात भोकै हुन्छ । सृष्टिको अन्त्य हुन्छ । वक्षस्थलको रगत चुस्न पाएका किर्नाहरू घमण्ड गरिरहेका हुन्छन् आफ्नो पुरूशार्थ प्रति । तर के थाहा तिनिहरूको पनि अन्त्य अव निश्चित भैसक्यो भनेर !
म नारीलाई श्रद्धा गर्छु । तर हाम्रो समाजमा धेरै किर्नाहरूको वर्चस्व छ । स्वभाबैले रगत चुस्न पल्किएका रक्त पिपासूहरू। हिजो आज मात्र मौलाएका हैनन्, परापूर्वकालदेखिनै आफ्नो आडम्बर र बलमिच्याइको रापले खरानीबनाईरहेका छन् सृष्टिकै अस्तित्वलाई । मसँग एउटा अचम्मलाग्दो प्रशंग छ:

महिला ईतिहास खोतल्दै जाँदा साह्रै अचम्मलाग्दा तथ्यहरू फेला परेका छन् । त्यसबेला महिलाहरूलाई पारिवारिक र व्यवहारिक शिक्षा दिन आमा-बाबु तथा सासु-ससुराहरूले हरसम्भव प्रयत्न गर्दथे । महिलाहरूले यज्ञपवीत धारण गरेर गायत्री-मन्त्रसहित वेदाध्यान गर्दथे । ऋग्वेदमा अपाला, वाग, वागम्भृणी, रोमसा आदि तथा ब्राह्मण, उपनिषद् आदि ग्रन्थहरूमा मैत्रेयी, गार्गी त्यस्तै गरी पुराणहरूमा मदालसा, रामायणमा कौशल्या, महाभारतमा कुन्ती, द्रौपदी आदि वेदज्ञ र नीतिज्ञ महिलाहरूको उल्लेख पाईन्छ । त्यसो त त्यतिबेला नै नारीको अस्मितामाथि खेलवाड गर्ने दुशासन जस्तो चरित्रको पनि वर्णन नभएको होईन महाभारतमा तर यसलाई मात्र अन्यायको, असत्यको र दुष्कर्मको प्रतिकको रूपमा उभ्याईएको छ । हाम्रो प्राचिन ईतिहासलाई राम्ररी चिन्तन मनन गर्दा महिलाहरूको प्रतिभालाई देखेर उनीहरूलाई उठ्न नदिनको लागि षड्यन्त्रपूर्वक प्रारम्भ गरिएको अभियान हो नारीशोषण र दमन । त्यस्तै अरू कैयौन् उदाहरणहरू छन् जसले नारी प्रभुत्वलाई दर्साउछन् । श्रीलक्ष्मी, श्रीसरस्वती, श्रीदुर्गा यि सबै देवीहरू महिलानै होईनन् र?
दशैँमा दुर्गाको पूजा गरेर घरकी श्रीमति कुट्ने चेतनाहिन किर्नाहरूलाई सोधौँ कति धर्म कमाएका छन् उनीहरूले दुर्गाको पूजा गरेर ? पसलको धन बढोस् भनी लक्ष्मीको पूजा गरेर रात परेपछि त्यहिँ कामगर्ने वालिकाको यौन शोषण गर्ने यौनपिपाशुलाई सोधौँ कति धन थुपारेका छन् उनीहरूले लक्ष्मीको पूजा गरेर? जसले आफू वरीपरीकै देवी चिन्न सक्दैनन्, किन ढोङ रच्नु अनि पूजाको र धर्मको ? जवदेखि समाज जातिवादको भुमरीमा पर्यो र छुवाछुतको सङ्किर्ण विकृति व्याप्त बन्यो तवबाट यस्तो कुप्रथाले पनि प्रश्रय पाएको हो । केहि विवेकशून्य कट्टर व्राह्मणहरूले पनि यस पद्धतिलाई अपनाएर शिक्षा दिनवाट वञ्चित

गरी आफ्नै छोरीबेटीहरूलाई समेत अन्याय र भेदभाव गर्न पुगे जसले गर्दा गलत परिपाटीले बढावा पायो । भन्नैपर्दा हामी यसरीनै विग्रियौँ । वर्तमान समयमा पनि कति महिला मन्त्री, राजदूत, न्यायाधीशहरूको पतिको नाम सर्वसाधारणले थाहा पाएको हँदैन । उनीहरू कसका अर्धाङ्गिनीहरू हुन् भन्ने कुरा पत्ता लगाउन गाह्रो पर्छ । तर समाजमा व्याप्त वहुसङ्ख्यक किर्नाहरू कहिल्यै आफ्नो पुरूषार्थ देखाउन पछि पर्दैनन् अनि निरन्तर प्राकृतिक तागतको आडमा नारीमाथि दमन गरिरहन्छन् ।
यो परिपाटीको अन्त्य के त? तपाईँहरूलाई थाहै होला, निबूवाको बोक्राको धूलोले किर्नालाई मार्दछ । अव महिला निवुवाको बोक्राको धूलो बन्न सक्नुपर्छ । ‘किर्ना’ माथि दलिहालौँ त म भन्दिन तर यति डर भयोभने दूधदिने गाईको थुनमा गाडिएर रगत चुसिहाल्ने आँट त गर्ने थिएनन् कि ।

13 Comments:

Bishesh said...

ashesh,u r getting height,,keep on brother..u have given good analysis...i will comment u again on this topic...

Aakar on November 1, 2009 9:24 PM said...

एकदमै सहि विषयवस्तु उठाउनुभएको छ । निकै सान्दर्भिक तर खासै वास्ता नगरिने प्रसंगमा एकदमै सटिक विश्लेषण गर्न सफल हुनभएको छ । तर खै, यस्तो कुराहरु कसरी निमिट्यान्न पार्न सकिन्छ थाहा छैन, यस्तो कुरा कसैलाई सम्झाएर पनि सम्झाउन सकिन्न !

Anonymous said...

ramro lekh lekhe chhau prabesh. maile pani kehi lekhau la bhaneko lekhnai man lagdaina. anyways keep up the good work.

राजेश बुढाथोकी 'नताम्स' on November 2, 2009 1:59 AM said...

अशेष दाई, महिलाहरुलाई प्रकृतिले नै ठगेको छ । रजस्वाला, प्रश्रव पीडा लगायतका पीडाहरु थुपारि दिएर महिलालाई अन्याय गरेको छ प्रकृतिले । हामी पुरुष आफ्नो पुरुषत्व देखाएर अनेक प्रकारले महिलामाथि हिंसा गरिरहेका छौं प््रत्यक्ष–अप्रत्यक्ष रुपमा । हाम्रो मनस्थिति नै महिलामाथि हिंसामा लत्पोतिएको छ । हामी आफूलाई जति सभ्य सोच्छौं त्यति नै हरेक प्रकारले हामी महिलाको नियतमा शंका गरिरहेका हुन्छौं । विष विरुवा सानैदेखि विषालु हुन्छ भनेझैं हाम्रो मानसिकता पनि कहिल्यै परिवर्तन हुँदैन् । सायद यस्तो मनस्थिति हामीमाझ परापूर्वकालदेखि सरेर आएको हुन सक्छ ।
तपाईले उठान गर्नुभएको विचारले मलाई निकै प्रभाव पार्यो । टाँसोका लागि धन्यावाद ।

दाई, तपाईको ‘छरछिमेकका कुरा(ब्लगलिष्ट)’मा त म छुइन नि ?

Keshab Ghimire on November 2, 2009 8:12 AM said...

दशैँमा दुर्गाको पूजा गरेर घरकी श्रीमति कुट्ने चेतनाहिन किर्नाहरूलाई सोधौँ कति धर्म कमाएका छन् उनीहरूले दुर्गाको पूजा गरेर ?

पसलको धन बढोस् भनी लक्ष्मीको पूजा गरेर रात परेपछि त्यहिँ कामगर्ने वालिकाको यौन शोषण गर्ने यौनपिपाशुलाई सोधौँ कति धन थुपारेका छन् उनीहरूले लक्ष्मीको पूजा गरेर?

बास्तबमै आज पनि यस्ता किर्नाहरू प्रसस्त छन् | ती बालिकाको यौन सोषण गर्नेले आफ्नो छोरीको बारेमा कहिल्यै सोचेन | उसको आफ्नो दिदि बहिनि, छोरी चेलीको बारेमा उसले रत्ति पनि विचार गर्थ्यो भने यस्ता किर्नाको स्वभाब पक्कै पनि मान्छेमा आउने थिएन | मान्छे रुपी खोल ओढेर किर्नाको व्यवहार गर्ने यी मान्छेहरुको व्यवहार परिवर्तन गर्नको लागि यिनीहरुको सोचाई नै परिवर्तन गर्नु पर्छ | पैसा अनि मोजमस्ती नै ठुलो ठान्नाले आज यो सोचाई आएको हो | अद्यात्मको एक पाटो छाडेर मोजमस्तीको बाटोमा लाग्नाले नै यो समस्या भएको हो | आफुले जुन व्यवहार अरुमाथि गरिन्छ तेही व्यवहार आफुमाथि अरुले गर्यो भने के हुन्छ भन्ने सोच मान्छेमा आयो भने यी सबै कुराहरु हटेर जानेछन |

आश्मा on November 2, 2009 8:06 PM said...

नेपाली समाज र प्रचलनलाई निकै धक्का दिन्छन माथिका अभिब्यक्तिले --- हो आखिर किर्नु किर्नु नै हो !

Asha on November 4, 2009 12:33 AM said...

Even after Being a man from the same community , but you paid ur concentration for those things regarding womens . you really deserve appreciation but it would be completed if we will use all in our practical life which you have raised ur voice . thanks ...

Anonymous said...

rajiv-: nice one man; i liked it. keep the good work going.

sudip bahadur khadka on November 5, 2009 9:46 AM said...

नारिलाई नर्कको द्वार भन्नेहरु, नारिलाई साधन ठानेर बेच्न पछी नपर्नेहरु यो समाजका किर्नाहरु हुन्, जुन गाइको थुनमा होइन, बाख्राको गु आउने चाकमा टाँसिन्छन्। यि गु खाने किर्नाहरुलाई किन गाइको थुनमा टाँसिएको किर्नो भनेर अलिकती सम्मान दिनुभएको दाई? यस्ता किर्नाहरुलाई त जिउँदै आगोमा जलाउनु पर्छ।

Nijgadh on November 5, 2009 12:29 PM said...

my god its fantastic post . thanks a lot Ashesh bro.

badri on November 6, 2009 8:02 AM said...

very interesting posting with good analysis!! keep it up.

Anonymous said...

Hunchha ki k ho?

vivek raaj shreShTha "tathaastu" said...

यो लेख महिला शसक्तिकरण को दिशा म एउटा जोड्दार पहल हो,ती रक्तपिपासु किर्ना प्रवृत्ति को अन्त्य को लागि महिलाहरु जागरुक हुनु नै पर्छ। त्यस्तो प्रवृत्तिको पहिचान गरेर त्यस्लाई प्रश्रय नदिन हर हमेसा सचेत रहनु नै पर्छ र अफ्नो मर्याद राख्न पनि हर हमेसा प्रयत्नशिल रहनु आबश्यक देखिन्छ।

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

-- Copyright © 2009 गफगाफ डट कम